Above Article Ad
  • गोदावरीमा शीतभण्डार निर्माण

    Above Article Content Ad
  • कैलाली- गोदावरी नगरपालिका–१ स्थित कृषि हाटबजारको प्राङ्गणमा शीतभण्डार निर्माण गरिएको छ । उक्त शीतभण्डारको निर्माणको काम सम्पन्न भइसकेकाले यही तिहारअगावै कृषि बजार व्यवस्थापन समिति अत्तरियालाई हस्तान्तरण गर्ने तयारी भएको कृषि विकास निर्देशनालयका महानिर्देशक खगेन्द्रप्रसाद शर्माले जानकारी दिएका छन्। 

    उनका अनुसार शीतभण्डार निर्माणका लागि कृषि विकास निर्देशनालयले भ्याटसहित रु एक करोड १६ लाख ७७ हजार ९६३ रकम विनियोजन गरेको थियो। निर्माण सम्पन्नका लागि २०७८ जेठ २० गते अंशु निर्माण सेवा नवदुर्गा डडेल्धुरासँग भ्याटसहित रु ९२ लाख ४२ हजार १६६ मा ठेक्का सम्झौता भएको थियो। निर्माण सम्पन्न हुँदासम्म रु ९१ लाख १६ हजार ४२५ यथार्थ खर्च भएको उनले भने। शीतभण्डारको क्षमता ३५० मेट्रिकटन (तीन हजार पाँच सय) क्विन्टल रहेको छ ।

    “सम्झौताअनुसार २०८१ असार २२ गते शीतभण्डार निर्माणको काम सम्पन्न भइसकेको थियो, हाम्रोतर्फबाट सञ्चालनका लागि पूर्ण रुपमा तयार भइसकेको छ, कुनै रोकतोक छ जस्तो लाग्दैन, गत वर्ष नै हस्तान्तरण गरेर सञ्चालन होस् भन्ने हाम्रो चाहना थियो”, उनले भने। “तर बजार व्यवस्थापन समितिबाट शीतभण्डारमा केही कमीकमजोरी भनेर भनिसकेपछि, छिटफुटका थप काम पूरा गरेर जसरी भए पनि यसपाली सुरु गर्नुपर्दछ भन्ने योजना रहेको छ ।”

    Article inline ad #1
  • “शीतभण्डार सञ्चालन नआएका कारण धेरै जस्तो किसानका कृषिजन्य वस्तु रोकावट गर्नुपर्ने बाध्यता छ”, उनले भने,“त्यो भनेको कृषिजन्य वस्तुमा अर्गानोफोस्फेट र कार्बोनेटको मात्रा ३५ देखि ४५ प्रतिशत हुन्छ, जुन खानयोग्य हुँदैन, त्यसैले त्यसलाई रोक्नुपर्ने हुन्छ, त्यसलाई रोक्न हामीसँग कुनै पनि स्टोरको व्यवस्था छैन, कानुनी हिसाबले त्यसलाई बजारमा बिक्री गर्न सकेनौँ, न किसानलाई सुरक्षित राख्न सकियो, न नष्ट गर्ने अधिकार नै भयो, त्यस्तो भएपछि हामी समस्यामा छौँ ।”

    Article inline ad #2

    उनले शीतभण्डार समयमै सञ्चालनमा नआएकाले किसानमा एकप्रकारको निराशा छाएको बताए। किसानको समस्या समाधानका लागि चाँडोभन्दा चाँडो यसलाई सञ्चालन गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6