
नेपाल इट्टा उद्योग महासङ्घको नयाँ कार्यसमिति गठन, सुदूरपश्चिमबाट सचिवमा तामाङ र सदस्यमा बिष्ट
काठमाडौँ- नेपाल इट्टा उद्योग महासंघको केन्द्रीय कार्यसमिति गठन भएको छ ।
तीन दिनदेखि ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीमा सञ्चालित नेपाल इट्टा उद्योग महासंघको छैठौँ महाधिवेशनले शनिबार नयाँ कार्यसमिति गठन गरेको हो ।
महाधिवेशनबाट भक्तपुरका कृष्णप्रसाद अवालको अध्यक्षतामा २६ सदस्य केन्द्रीय कार्यसमिति गठन भएको थियो।
समावेशी रूपमा चयन भएको सो कार्यसमितिको
वरिष्ठ उपाध्यक्षमा जनकपुरका विनयकुमार यादव, प्रथम उपाध्यक्षमा भक्तपुरका राजेन्द्र प्रसाद प्रजापति र कोशीका राजेशकुमार राई निर्वाचित भएका छन्। महासचिवमा काठमाडौंका केदार गोसाईँ, कोषाध्यक्षमा ललितपुरका कृष्ण अवाले,सचिवतर्फ कोशीका महेन्द्र प्रसाद साह, लुम्बिनीका रमेश बनाल, रौतहटका रामविनोद साह, बाँकेका केशवराज भण्डारी र महाकालीका कृष्णबहादुर तामाङ निर्वाचित भएका छन्।
त्यस्तै सह–सचिवमा भक्तपुरका लक्ष्मीप्रसाद त्वानावासु, सर्लाहीका नागेन्द्र चौधरी र लुम्बिनीका बालुराम पाठक चयन भएका छन्। सह–कोषाध्यक्षमा कोशीका सिताराम भट्टराई, महोत्तरीका शिवशंकर महतो, सिरहाका सन्तोषकुमार श्रीवास्तव र चितवनका अजयकुमार गुप्ता निर्वाचित भएका छन्।
त्यसैगरी,सदस्यतर्फ झापाका विष्णु कार्की, काठमाडौंका तीर्थलाल महर्जन, बारा–पर्साका मिश्रिलाल साह तेली, दाङ देउखुरीका डिलबहादुर डाँगी, महाकालीका रमेश विष्ट, सप्तरीका नागेश्वर प्रसाद साह र बाँकेका गफ्फार खान नयाँ कार्यसमितिमा चयन भएका छन्।
महाकालीबाट कार्यसमितिको सचिव पदमा चयन भएका तामाङ कञ्चनपुरको पुनर्वास नगरपालिका-७ स्थित न्यू जनता इट्टा उद्योगका सञ्चालक र सदस्य रमेश बहादुर बिष्ट कञ्चनपुरको पुनर्वास नगरपालिका २ स्थित जगदम्बा इट्टा उद्योगका सञ्चालक हुन ।
तामाङ र बिष्टलाई महाकालीबाट सर्वसम्मत गरेपनि दुवै जनाको सुदूरपश्चिमकै प्रतिनिधित्व देखिएको छ।
त्यस्तै कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता महासंघका अध्यक्ष शंकर बहादुर चन्दले गरेका थिए।प्रमुख अतिथी नेपाल सरकारका उद्योग मन्त्री दामोदर भण्डारी रहेका थिए। भने आमन्त्रित अतिथिमा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मालाई आसिन थिए ।

















https://shorturl.fm/iBVtF