Above Article Ad
  • बैतडीमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य शुरु

    Above Article Content Ad
  • बैतडी-बैतडीको शिवनाथ गाउँपालिकामा राष्ट्रिय परिचय पत्रको विवरण संकलनका लागि आजदेखि दर्ता शिविर सञ्चालन भएको छ।

    भदौ २४ गतेसम्म गाउँपालिकाको कार्यालयमा राष्ट्रिय परिचयत्र पत्रको विवरण संकलन हुने गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए। सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि गाउँपालिकाले विवरण संकलनका लागि दर्ता शिविर सञ्चालन गरेको हो।

    Article inline ad #1
  • राष्ट्रिय परिचयपत्र बनाउनका लागि जेष्ठ नागरिकहरुलाई सदरमुकामसम्म पुग्न समस्या हुने भएकाले गाउँपालिकामै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने कार्य शुरु गरिएको गाउँपालिका अध्यक्ष साउँदले बताए।

    Article inline ad #2

    जिल्ला प्रशासन कार्यालयको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन भइरहेको हो।

    शिविरमा आउँदा आवेदकले नागरिकताको सक्कल प्रति ल्याउनुपर्ने ,विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र वा नागरिकतामा श्रीमान नाम उल्लेख भएको हुनुपर्ने, श्रीमान÷श्रीमतीको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र ल्याउनुपर्ने र बसाइसराई गरेको भए बसाइसराई गरेको सक्कल प्रति ल्याउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले जानकारी दिए।

    वडा नं ६ का नागरिकहरुका लागि आज र भोलि शिविरमा विवरण संकलनको काम हुने बताइएको छ। यस्तै भदौ २ देखि ४ गतेसम्म वडा नं ५ का नागरिकहरुको विवरण संकलन गरिनेछ।

    यस्तै भदौ ५, ६ र ९ गते वडा नं ४, भदौ १० र ११ गते वडा नं ३, भदौ १२,१३, १६ र १७ गते  वडा नं २ र भदौ १८,१९, २०, र २२ गते वडा नं १ का नागरिकको विवरण संकलन गरिनेछ ।

    भदौ २३ र २४ गते पालिकाभरी छुटेका नागरिकहरुको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम हुने प्रमुख प्रशासकीय अधिकृत महताले बताए।

    जिल्लाका सबै स्थानीय तहमा शिविरमार्फत राष्ट्रिय परिचयपत्रको विवरणको काम संकलन गरिने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। केही पालिकाहरुमा विवरण संकलनको काम भइरहेको, केहीमा विवरण संकलनको काम सकिएको र बाँकी रहेका पालिकाहरुमा पनि शिविर सञ्चालन गरिने उनले बताए ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by