Above Article Ad
  • पुनर्वासमा प्रदेश सरकार र कृषकहरु बिच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास– मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्क्षी विकास कार्यक्रमको समिक्षा लगायत कृषिको क्षेत्रमा सम्पादित कार्य सम्बन्धी कृषकहरुसँग सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

    बुधबार सुदुरपश्चिमका कृषि मन्त्री तथा राज्यमन्त्री मानबहादुर सुनारको प्रमुख आतिथ्यमा कञ्चनपुरको पुनर्वास नगरपालिका–१ अंशुवर्माबस्तीमा कृषकहरुसँग सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

    Article inline ad #1
  • प्रमुख अतिथिको आसनबाट बोल्नुहँदै राज्यमन्त्री सुनारले हाम्रा किसानहरुलाई कसरी माथी उठाउने, उहाँहरुका समस्याहरुलाई कसरी समाधान गर्ने र उत्पादनमा कसरी वृद्धि गराउने भन्ने विषयमा प्रदेश सरकार केन्द्रित भएको बताउनुभयो ।

    Article inline ad #2

    सुदुरपश्चिमका ९ जिल्ला मध्ये तराईका जिल्ला कञ्चनपुर र कैलालीका कृषि क्षेत्रमा बढि अनुदान कार्यक्रम लागु भएको उहाँको भनाई छ ।

    “हामी सबै किसान छौ तर सरकारबाट आएको सुविद्या भने लिन जान्दैनौ” उहाँले भन्नुभयो, “ कृषिमा आत्म निर्भर भयौ भने सुदुरपश्चिमका तराईका दुई जिल्लाले पहाडी ७ जिल्लालाई खाद्यान्न पुग्छ ।”

    त्यस्तै कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर बिष्टले कृषि आधुनिकरणले कम लागतमा उत्पादन बढि हुने बताउनुभयो ।कञ्चनपुरका हकमा मुख्यमन्त्री कृषि कार्यक्रम अन्तर्गत केरा, तरकारी, उखु ,मकैको क्षेत्रमा उत्पादन र उत्पादकत्वमा वृद्धिसँगै कार्यक्रम प्रभावकारी देखिएको जानकारी दिनुभयो ।

    उक्त कार्यक्रममा उपस्थित कृषकहरुले राज्यमन्त्रीलाई सिचाई, मलखाद र बजारीकरणका समस्याका विषयमा आ–आफ्ना गुनासा सम्बोधनका लागि सुनाउनुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात कृषि ज्ञान केन्द्रले ८० प्रतिशत अनुदानमा दिएको पावर टेलर, स्प्रे टेङ्की र सप्लाई पाईप राज्यमन्त्री सुनारले कृषकलाई हस्तान्तरण गर्नुभएको हो ।

    भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदुरपश्चिम र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सुदुरपश्चिम प्रदेशको संयुक्त आयोजनामा भएको कार्यक्रमलाई सहजीकरण आज्ञा मल्टिमिडियाले गरेको थियो ।
    मुख्यमन्त्री नमुना गाँउ उखु कृषक समन्वय समितका अध्यक्ष बहाली रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सञ्चालन एभिन्युज टेलिभिजनका सुप प्रमुख हरिश बिकले गर्नुभएको थियो ।

     

     

     

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button