भारतमा भएको बस दुर्घटनामा कैलालीका तीन जनाको मृत्यु
Above Article Content Ad
२५ पुस, धनगढी । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् ।
दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ । प्रहरीकाअनुसार टीकापुर नगरपालिका–१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहरा रहेको मृत्यु भएको छ ।
Article inline ad #1
दुर्घटनामा ज्यान गुमाउने अर्का व्यक्ति भने भारतीय चालक हुन् । अन्य १७ जना घाइते भएका छन् । बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो । बस दुर्घटनाको कारण खुलेको छैन ।
Article inline ad #2
भारतमा केही दिनयता बाक्लो हुस्सु र कुहिरो लागेको छ । भिजिबिलिटी कमजोर भएकाले यात्रा कठिन भइरहेको समाचार भारतीय मिडियाहरुले लेखेका छन् । दुर्घटनाको कारण पनि त्यही हुनसक्ने अनुमान छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad