
पुनर्वासमा चैत्र ४ गते जेष्ठ नागरिकहरुका लागि नसर्ने दिर्घरोगको स्वास्थ्य शिविर हुने
पुनर्वास : दिर्घरोगीहरुको समुदाय स्तरमा परिक्षण तथा उपचार ब्यवस्थापन कार्यक्रमको पुर्वतयारीमा जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, तथा महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई अभिमुखीकरण गरीएको छ । पुनर्वास नगरपलिकाको स्वास्थ्य शाखाको आयोजनामा पुनर्वास ११ मा अभिमुखीकरण गरीएको हो । अभिमुखीकरणमा नसर्ने रोग सम्वन्धि छलफल समेत भएको थियो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा पुनर्वासका प्रमुख राम बहादुर धामीले समुदायमा रहेका ६० बर्ष माथीका जेष्ठ नागरीकहरुलाई नसर्ने खालका दिर्घरोगहरुको स्वास्थ्य चेकजाँच गर्ने बताउनुभयो । जसमा सुगर, प्रेसर र मृगौलाको स्वास्थ्य अवस्था चेकजाँच गरीने उहाँले जानकारी दिनुभयो । समुदाय स्तरमा स्किृनीङ् तथा उपचार ब्यवस्थापन गर्न आइतबार अर्थात चैत्र ४ गते पुनर्वास ११ मा रहेको आधारभुत वडा स्वास्थ्य केन्द्रमा शिविरको आयोजना गरिने स्वास्थ्य शाखा प्रमुख धामीले बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै पुनर्वास ११ का वडाध्यक्ष तुलसी अर्यालले पछिल्लो समय नसर्ने रोगका विरामीहरु बढ्दै गएको बताउनुभयो । आफ्नो वार्ड भित्रका जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था कस्तो छ ? थप उपचारको आवश्यक्ता छ, छैन् भनेर चैत्र ४ गते हुने शिबिर बाट बुझ्न र आबश्यक्ता अनुसार अन्य बिमार देखिए रेफर गर्न सजिलो हुने उहाँ बताउनुहुन्छ ।















