Above Article Ad
  • पुनर्वासमा चैत्र ४ गते जेष्ठ नागरिकहरुका लागि नसर्ने दिर्घरोगको स्वास्थ्य शिविर हुने

    Above Article Content Ad
  • पुनर्वास : दिर्घरोगीहरुको समुदाय स्तरमा परिक्षण तथा उपचार ब्यवस्थापन कार्यक्रमको पुर्वतयारीमा जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, तथा महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई अभिमुखीकरण गरीएको छ । पुनर्वास नगरपलिकाको स्वास्थ्य शाखाको आयोजनामा पुनर्वास ११ मा अभिमुखीकरण गरीएको हो । अभिमुखीकरणमा नसर्ने रोग सम्वन्धि छलफल समेत भएको थियो ।कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा पुनर्वासका प्रमुख राम बहादुर धामीले समुदायमा रहेका ६० बर्ष माथीका जेष्ठ नागरीकहरुलाई नसर्ने खालका दिर्घरोगहरुको स्वास्थ्य चेकजाँच गर्ने बताउनुभयो । जसमा सुगर, प्रेसर र मृगौलाको स्वास्थ्य अवस्था चेकजाँच गरीने उहाँले जानकारी दिनुभयो । समुदाय स्तरमा स्किृनीङ् तथा उपचार ब्यवस्थापन गर्न आइतबार अर्थात चैत्र ४ गते पुनर्वास ११ मा रहेको आधारभुत वडा स्वास्थ्य केन्द्रमा शिविरको आयोजना गरिने स्वास्थ्य शाखा प्रमुख धामीले बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै पुनर्वास ११ का वडाध्यक्ष तुलसी अर्यालले पछिल्लो समय नसर्ने रोगका विरामीहरु बढ्दै गएको बताउनुभयो । आफ्नो वार्ड भित्रका जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था कस्तो छ ? थप उपचारको आवश्यक्ता छ, छैन् भनेर चैत्र ४ गते हुने शिबिर बाट बुझ्न र आबश्यक्ता अनुसार अन्य बिमार देखिए रेफर गर्न सजिलो हुने उहाँ बताउनुहुन्छ ।

     

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button