Above Article Ad
  • अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

    Above Article Content Ad
  • धनगढीः धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०)सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

    गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो। प्रतियोगितामा सहभागी आठ टीमलाई दुई समुहमा विभाजन गरिएको छ। समुह ए मा डिसिए धनगढी, फेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड कैलाली र बोष्टन क्रिकेट झापा रहेका छन्।

    Article inline ad #1
  • समुह बीमा सिवाईसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं र न्यु होराईजन बुटबल रहेका छन्। माघ १९ गते हुने उद्घाटन खेलमा डिसिए धनगढी र फेन्ड्स युवा क्लब डडेल्धुरा प्रतिस्पर्धा गर्ने भएका छन्। माघ २० गते सिवाईसी अत्तरिया र दशरथ चन्द एकेडेमी बैतडीले पहिलो खेल खेल्दा दोस्रो खेलमा डिसिए धनगढी र घोडाघोडी–११ सुख्खड कैलाली खेल्नेछन्।

    Article inline ad #2

    माघ २१ गते पहिलो खेलमा फेन्ड्स युवा क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा तथा दोस्रो खेलमा सिवाईसी अत्तरिया र क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं खेल्नेछन्। माघ २२ गते दशरथ चन्द एकेडेमी बैतडी र न्यु होराईजन वुटवल पहिलो तथा डिसिए धनगढी र बोष्टन क्रिकेट झापा दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछन्।

    माघ २३ गतेको पहिलो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं र न्यु होराईजन वुटवलले प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा घोडाघोडी–११ सुख्खड कैलाली र बोष्टन क्रिकेट झापा खेल्नेछन्। माघ २४ गतेको पहिलो खेल क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं र दशरथ चन्द एकेडेमी बैतडीबीच हुनेछ भने दोस्रो खेलमा घोडाघोडी–११ सुख्खड कैलाली र फेन्ड्स युवा क्लब डडेल्धुरा खेल्नेछन्।

    माघ २५ गते लिग चरणको अन्तिम खेलमा सिवाईसी अत्तरिया र न्यु होराईजन वुटवलले प्रतिस्पर्धा गर्नेछन्। माघ २६ गते पहिलो सेमिफाईनल, माघ २७ गते दोस्रो सेमिफाईनल र माघ २८ गते फाईनल खेल हुनेछन्। पहिलो सेमिफाईनल खेलमा समुह ए को विजेता र समुह बी को उपविजेता बीच फाईनल प्रवेशका लागि खेल हुनेछ भने दोस्रो सेमिफाईनलमा समुह बी को विजेता र समुह ए को उपविजेता फाईनलको यात्रा तय गर्नका लागि खेल्नेछन् । प्रतियोगिताका सम्पुर्ण खेलहरु धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन्।

    धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ। रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ।

    प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ। सबै टोलीहरुले ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन्। ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन्। सी क्याटोगोरीमा यु–१६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by