Above Article Ad
  • पुनर्वास बिओपीका बहादुर इन्सपेक्टर शाही जसले तस्करलाई संरक्षण गर्छन् सर्वसाधारणलाई कारबाही

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुर र कैलाली भारतसँग सीमा जोडिएका कारण विभिन्न किसिमका तस्करीका गतिविधि भइरहेका हुन्छन् ।

    कञ्चनपुरको पुनर्वास नगरपालिकाका पनि आठ वटा वडाहरू भारतीय सीमा सँग जोडिएका छन् । पुनर्वास नगरपालिका ४ को आपताल र पुनर्वास नगरपालिका ६ पुनर्वास बीओपी क्षेत्र सबैभन्दा तस्करीको क्षेत्रका रुपमा चिन्न सकिन्छ ।

    Article inline ad #1
  • यी नाकाहरूबाट तस्करहरूलाई विभिन्न समय तोकी निर्धक्क रुपमा तस्करी गराउनका लागी बीओपीका इन्चार्जहरू सक्रिय छन् तर सर्वसाधारणले घरायसी प्रयोजनका लागि ल्याउँदै गरेका मालसामनमा भने कडाई गरी चोर शैलीमा नियन्त्रण गर्ने सशस्त्र प्रहरीको नियति देखिएको छ ।

    Article inline ad #2

    पुनर्वास बीओपीमा आजभन्दा चार महिना पहिले इन्सपेक्टर नवराज शाहीले नेतृत्व सम्हाले । नेतृत्व सम्हालेको केही समय उहाँको सक्रियता निकै बढी देखियो । उनले थुप्रै मालसामान नियन्त्रण गरी भन्सार पनि बुझाए ।

    नेतृत्वको एक महिना पुरा नहुँदै महिनौ भरि मालसामान भारतबाट ओसार पसार गर्ने एक तस्करको मालसामान सहित एक थान नेपाली मोटरसाइकल नियन्त्रणमा लिन सफल भए । एक दुई दिनपछि बीओपीमा राखिएको उक्त मोटरसाइकल व्यावहारिकता देखाउँदै गुपचुपमा सशस्त्रका इन्सपेक्टर शाहीले छाडेको बीओपीमै कार्यरत एक जना सशस्त्र जवानले जानकारी दिए ।

    उनले अहिलेसम्मको चार महिने अवधिमा कसैलाई कारबाही गर्ने त कसैलाई छुट गर्ने नियति देखाउँदै आएका थिए । इन्सपेक्टर शाही यतिसम्म गर्थे आफ्नै ड्युटीमा खटिएका सशस्त्रबाट तस्करहरूलाई भगाउन लगाई माल सामान बेवारिसे नियन्त्रण भन्दै आफ्नो माथिल्लो निकायलाई सूचना दिन्थे ।

    यो चार महिना अवधिमा तस्करहरूसँग साँठगाँठमा इन्सपेक्टर शाही अछुत भने थिएनन् । उनले संरक्षण गरेकै तस्करहरूले दैनिकै हार्डवेयरका सामान, कुखुरा, मार्बल, डिउ, अण्डा लगायतका मालसामानहरू नेपाली बजारमा निर्धक्क भित्र्याउँथे ।

    ओसारपसार गर्ने तस्करहरूबाट आर्थिक लाभ लिन आफ्सना सशस्त्र प्रहरी खटाई असुली गरी उनीहरुलाई निर्धक्क तस्करी गराउँनमा भित्रभित्रै इन्सपेक्टर शाही माहिर थिए ।

    उनले आफूलाई पुनर्वास क्षेत्रकै सशस्त्रका बहादुर इन्स्पेक्टरका रुपमा मान्छन । उनको शैली तस्करहरूसँग सम्बन्ध जोगाउने र सर्वसाधारणलाई कारबाही गरी तर्साउने छ । यस्तै शैली सर्वसाधारण प्रति पुनर्वास बीओपीका इन्चार्ज शाहीले आइतबार साँझ देखाएका छन् ।

    उनले घरायसी प्रयोजनका लागि सशस्त्र प्रहरीलाई नै सोधेर ल्याएको फ्रिज पुनर्वास नगरपालिका ४ लोहनी चोक नजिकबाट नियन्त्रण गरे । उनले से. ६ प. ५३६९ नम्बरको गल्यामर मोटरसाइकल सहित फ्रिज नियन्त्रणमा त लिए । मोटरसाइकल सहितको फ्रिज कार्यालयनै नल्याई चोर शैलीमा केही समय गुमनाम बनाए ।

    मोटरसाइकल धनी मोटरसाइकलको खोजी गर्दै रातिको समयमा बीओपी पुनर्वास पुगी गेटमा ड्युटीमा रहेका सशस्त्रलाई आफ्नो समस्या बताउँदा कार्यालयमा कुनै पनि मोटरसाइकल नियन्त्रण गरी कार्यालयमा नल्याएको जानकारी पाउँछन् । त्यसपछि इन्स्पेक्टर शाहीले प्रयोग गर्ने कार्यालयको नम्बरमा (९८५१२५९२०२) फोन गर्दा फोन स्विच अफ गरिएको थियो । रातिको १० भन्दा बढी बजिसकेको थियो । उनीहरू पुनर्वास बिओपीकै गेटमा थिए । उनीहरूलाई गेट प्रवेशमा पनि रोक लगाइयो । त्यहाँ आफ्नो मोटरसाइकल र फ्रिज नल्याएको भन्ने जानकारी पाउँदा कहाँ कुन सशस्त्रले नियन्त्रणमा लगेको हो भन्ने विषयले उनीहरूलाई थप पीडा बनायो ।

    केही समय पछि इन्स्पेक्टर शाहीले फोन स्विच अफ खोले । फोनमा कुरा हुँदा मालसामान नियन्त्रण गरिसकेको विषय एसपी साहबलाई जाहेर भईसकेको भन्दै अब आफूबाट सहयोग गर्न नसक्ने बताए ।

    मालसामान नियन्त्रणपछि पुनर्वास बीओपीका इन्चार्ज शाहीले फोन स्विच अफ गर्नु, मोटरसाइकलको जानकारी लिन कार्यालयमै जाँदा पनि नपाउनु जस्ता गतिविधिले सशस्त्र प्रहरीको चोर शैली प्रष्ट खुलेको छ ।

    सीमाबाट दैनिकै धेरै मात्रामा अवैध मालसामान, पेय पदार्थ, ब्रोइलर कुखुरा, अण्डा लगायतका अखाद्य वस्तु पुनर्वासका बजारमा भित्रिरहेका हुन्छन् ।

    सीमामा हुने अवैध गतिविधि नियन्त्रण र सीमा रक्षाका लागि राखिएका सशस्त्र प्रहरीहरूले बेलाबखतमा केही मात्रामा अवैध मालसामान नियन्त्रण गरी देखाए पनि त्यसको कैयौँ गुणा सशस्त्र प्रहरीले नै तस्कर गराउँदै आएको सिमाबस्तीका स्थानीयहरू बताउँछन् ।
    सीमा बस्तीका स्थानीयहरू भन्छन्, “रातभरि भारतबाट मालसामान ओसार्ने तस्करहरूको मेला जस्तै हुन्छ । त्यतिबेला सशस्त्र प्रहरीहरुकै संरक्षणमा मालसामान तस्कर हुने गर्छ नत्र त यति खुला नहुनुपर्ने हो ।“

    पुनर्वास बीओपीका इन्चार्ज शाहीले भारतबाट मालसामान ओसारपोसार गर्ने भारतीय तस्करबाट प्रति तस्कर १० हजारका दरले र तामाङ महिलाहरूको टिमबाट १५ सयका दरले असुल्ने गरेको एक तस्करले नाम नखुलाउने सर्तमा विश्व खोज दैनिकलाई जानकारी दिएका छन् ।

    पुनर्वास नगरपालिकामा मात्रै सशस्त्र प्रहरीका सातवटा बीओपी छन् । जसमा सबैभन्दा बढी तस्करी हुने क्षेत्रका रूपमा पुनर्वास बिओपी र आपताल बीओपी रहेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by