
निर्देशक जनक सिंहलाई सगरमाथा म्युजिक अवार्ड
धनगढी- बिगत लामो समय देखी नेपाली कला क्षेत्रमा कृयाशिल म्युजिक भिडियो निर्देशक जनक सिंहले पाँचौ सगरमाथा म्युजिक अवार्ड प्राप्त गर्नु भएको छ ।
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्ध हाम्रो अभियान’ भन्ने मुल नाराका साथ हिजो काठमाण्डौमा सम्पन्न पाँचौ सगरमाथा म्युजिक अवार्डमा सुजित थापाको शब्द, बिक्रम केसिको संगित तथा चर्चित गाएक प्रमोद खरेल को स्वर रहेको “जिन्दगिमा हास्नै भुले” बोलको गीतबाट सर्बोउत्कृष्ट सुगम संगीतको म्युजिक भिडियो निर्देशक अवार्ड प्राप्त गर्नु भएको हो।
कान्तिपुर फिल्म एकेडेमीमा फिल्म मेकिङ्ग सम्बन्धि अध्यन समेत गर्नु भएका सिंह मुलतः नेपाली सुगम संगितका सफल म्युजिक भिडियो निर्देशकको रुपमा चिनिनु भएको छ।
उहाँले दर्जनौ टेलिचलचित्र तथा डकुमेन्ट्री एबम करिब दुई सय बढी म्युजिक भिडियो निर्देशन गरी नेपाली कला क्षेत्रको प्रतिनिधित्व गर्दै आईरहनु भएको छ ।यस अबधिमा उहँले थुप्रै सम्मान एबम कदर पत्र र अवार्ड समेत प्राप्त गरिसक्नु भएको छ।















