
शिवानी र देवको स्वरमा जीवन्त प्रेमकथा “कुन्नि कति खेर” सार्वजनिक
काठमाडौं । नेपाली गायिका शिवानी भगत र भारतीय गायक देव अहिरराव (सामूहिक रूपमा ‘देवानी’नामले परिचित) को स्वरमा सजिएको नयाँ गीत “कुन्नि कति खेर” सार्वजनिक भएको छ।
आर्यतारा म्युजिकको सगौरव प्रस्तुति “कुन्नि कति खेर” मा शब्द र धुन डा. सुरेश थापालिया (जोतिपुञ्ज सुरेश) को रहेको छ। उनी हाल बेलायतमा मानसिक रोग विशेषज्ञको रूपमा कार्यरत छन्।
मुम्बईको एट्मोस्फेयर स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा संगीत संयोजन देव अहिररावले गरेका हुन् भने मिक्सिङरमास्टरिङ अरविन्द सोनुले गरेका छन्। गिटारमा ग्राहम गोन्साल्भेस, तबला र साइड रिदममा हर्ष गुप्ता, र बाँसुरीमा भाग्यदीप ठाकुरको योगदान रहेको छ।
सुन्दर र भावनात्मक म्युजिक भिडियोलाई निर्देशक प्रकाश धितालले निर्देशन गरेका छन्। सागर खनाल र बिना राउतको अभिनय रहेको भिडियोलाई सुबिन गोदारले छायांकन गरेका हुन्, भने टेकेन्द्र शाहले सम्पादन तथा रङ संयोजन गरेका छन्। मेकअपमा सबिना गुरुङ, र प्रोडक्सन व्यवस्थापनमा सूर्य ओली संलग्न रहेका छन्।
सहकार्यको अवसर पाएकोमा डा. थपलिया अत्यन्त हर्षित छन्। उनले भने, “शिवानी र देवको स्वर र भावना अत्यन्तै मेल खाएको छ। भविष्यमा पनि यिनीहरूको जोडीबाट उत्कृष्ट नेपाली गीतहरू सुन्न पाउने कुरामा म पूर्ण आशावादी छु।” “कुन्नि कति खेर” गीतले दर्शक तथा श्रोतामाझ गहिरो छाप छोड्ने अपेक्षा गरिएको छ।
















ci2t9f