Above Article Ad
  • नेपाल तरुण दल शुक्लाफाँटाको अध्यक्षमा नरेन्द्र चन्द, वडा–वडामा संगठन विस्तार गरिने

    Above Article Content Ad
  • महेन्द्रनगर– शुक्लाफाँटा नगरपालिकामा नेपाल तरूण दलको नगर समिति गठन गरिएको छ।

    नेपाली कांग्रेसको भ्रातृ संगठनका रूपमा रहेको नेपाल तरूण दल नगर समिति नरेन्द्रबहादुर चन्दको अध्यक्षतामा गठन गरिएको हो। नगर समितिको उपाध्यक्षमा दिपेन्द्रबहादुर सिंह, सचिवमा करन सिंह ठगुन्ना, सहसचिवमा राजेन्द्रबहादुर ऐर, कोषाध्यक्षमा शान्ति लुहार र सदस्यमा रामसिंह राना सर्वसम्मत चयन भएका छन्।

    Article inline ad #1
  • शुक्लाफाँटाको १२ वटै वडाको प्रतिनिधित्व हुने गरी सदस्यहरु थ्प गरेर १६ सदस्यीय नगर समिति बनाइनेछ। शुक्लाफाँटामा तरुण दललाई सक्रिय बनाउने अध्यक्ष चन्दले बताए। ‘अब सबै वडाहरुमा तरुण दल गठन गर्नेछौं,’ उनले भने, ‘नेपाल तरुण दल नगरभित्रका टोल–टोलमा पुग्नेछ।’ नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दको अध्यक्षतामा भएको नगर समिति गठन कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम कार्य समितिका सहमहान्त्री चिन्तामणी भट्ट प्रमुख अतिथि रहेका थिए।

    Article inline ad #2

    कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष महेश चन्दले कञ्चनपुरका हरेक नगर र वडामा तरूण दलको संगठन विस्तार गरिने बताए। ‘पार्टीले हामीलाई के दियो भन्दा हामीले पार्टीलाई के दियौँ भन्ने हिसाबले काम गर्नुपर्छ। काम गयो भने फल पनि मिल्छ,’ उनले भने। समाज परिवर्तनका लागि तरूण दलले महत्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाई छ। ‘गलतलाई हामी स्वीकार गर्दैनौँ, कमीकमजोरी भए सुधार गरौं अघि  बढ्छौं,’ उनले भने।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by