Above Article Ad
  • ४३ करोड ६५ लाख बजेट पारित गर्दै लालझाडीको १८औं गाउँसभा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास –  लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तथा बजेट पारित गर्दै १८औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष निर्मल रानाको अध्यक्षतामा सोमबार सम्पन्न अधिवेशनले आय–व्ययको विवरणसहित विनियोजन विधेयक र आर्थिक विधेयक पारित गरेको हो ।

    सभाबाट पारित बजेट र कार्यक्रमहरू सर्वसम्मत रूपमा अनुमोदन गरिएका छन् । उपाध्यक्ष सपना चौधरीले गाउँसभामा प्रस्तुत गर्नुभएको बजेट अनुसार लालझाडी गाउँपालिकाको आगामी आर्थिक वर्षको कूल अनुमानित बजेट ४३ करोड ६५ लाख २२ हजार रुपैयाँ रहेको छ ।

    उक्त बजेटमध्ये २३ करोड ९९ लाख २६ हजार चालू खर्चतर्फ विनियोजन गरिएको छ भने १९ करोड ६५ लाख ९६ हजार पूँजीगत खर्चका लागि छुट्याइएको छ । चालू खर्चले प्रशासनिक सञ्चालन, तलब–भत्ता, कार्यक्रम व्यवस्थापन, सेवा प्रवाह र नियमित खर्च समेट्ने जनाइएको छ भने पूँजीगत बजेटबाट पूर्वाधार विकास, सामाजिक सेवा, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक निर्माणलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ ।

    Article inline ad #1
  • गाउँपालिकामा हाल जम्मा ६ वटा वडा रहेका छन् । वडागत बजेट विवरण अनुसार, वडा नं. १ का लागि ५० लाख २२ हजार, वडा नं. २ मा ३४ लाख ७१ हजार, वडा नं. ३ मा ३६ लाख २१ हजार, वडा नं. ४ मा ५० लाख ३१ हजार, वडा नं. ५ मा ३४ लाख ३४ हजार र वडा नं. ६ का लागि ३२ लाख ७३ हजार विनियोजन गरिएको छ । यसरी वडागत रूपमा जम्मा २ करोड ३८ लाख ५२ हजार रुपैयाँको बजेट विनियोजन भएको छ ।

    Article inline ad #2

    गाउँसभामा छलफलका क्रममा जनप्रतिनिधिहरूले कृषिमा यान्त्रीकरण, विपद् व्यवस्थापन, शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि, सडक मर्मत–संभार, स्वास्थ्य सेवामा पहुँच, रोजगारी सिर्जना तथा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित कार्यक्रमहरू थप प्रभावकारी बनाउन आग्रह गरेका थिए ।

    गाउँपालिका अध्यक्ष रानाले चालु वर्षका अधुरा योजनाहरूलाई प्राथमिकता दिने र समावेशी विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, विकास योजनामा पारदर्शिता, जवाफदेहिता र जनसहभागिताको सिद्धान्तअनुसार हामीले नीति तथा कार्यक्रम तय गरेका छौं ।

    अध्यक्ष राना सहित सुदूरपश्चिम प्रदेश कृषि मन्त्री वीरबहादुर थापाले संयुक्त उद्घाटन गर्नुभएको अधिवेशनमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, पत्रकार एवम् सराेकारवालाहरुकाे सहभागीता रहेको गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताए । उनलेे भने – सबैको साथ र सहयोगले गाउँ अधिवेशन सु-सम्पन्न भएको छ।, १८औं अधिवेशनकाे अवसरमा स्थानीय स्वास्थ्यकर्मीलाई सम्मान समेत गरिएको थियोे।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6