
नेपाली कांग्रेसको पुनर्वास नगर सभापतिमा खगेन्द्र ओझा सर्वसम्मत निर्वाचित
कञ्चनपुर -नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पुनर्वास नगरपालिकाको नगर सभापतिमा खगेन्द्र ओझा सर्वसम्मत निर्वाचित भएका छन्।
पुनर्वास उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न नगर अधिवेशनले ओझाको नेतृत्वमा नयाँ नगर कार्यसमिति चयन गरेको हो।
नगर उपसभापतिमा धिरेन्द्र चन्द र महिला उपसभापतिमा मिना सिंह चयन भएका छन्। यस्तै, सचिवमा केशव एस.के. र सह–सचिवमा तेज विष्ट चयन भएका छन्।
नगर कार्यसमिति सदस्यमा शेरबहादुर सिंह, दुर्गा पन्त उपाध्याय, बसन्ती पौडेल, हेमबहादुर साउद, मिना जि.सी., तारा बगोटी, लक्ष्मण पूजारा, दिलबहादुर खड्का, हरदसो राना र राजकुमार तामाङ चयन भएका छन्।
नवनिर्वाचित नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै नगरका विभिन्न वडासम्म संगठन विस्तार, कार्यकर्ताबीच एकता र समन्वय कायम गर्ने तथा आगामी दिनमा नेपाली कांग्रेसको भूमिका थप प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्ने नगर सभापति ओझाको भनाई छ ।
















