Above Article Ad
  • हेफर प्रोजेक्ट नेपालको बिकास साझेदारहरु बिच प्रगति समिक्षा एवं समन्वयात्मक गोष्ठि धनगढीमा सम्पन्न

    Above Article Content Ad
  • धनगढी- सुदुर पश्चिम प्रदेश सरकार भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत रहेर बिकास साझेदारहरु बिच प्रगति समिक्षा एवं समन्वयात्मक गोष्ठि धनगढीमा सम्पन्न भएको छ । स्थानीय तह र हेफर प्रोजेक्टको साझेदारीमा संचालित कृषि र पशुबस्तुमा आधारित साना किसान तथा युवा उद्यमशिलता बिकास कार्यक्रमका विषयमा छलफल भएको थियो ।

    सो कार्यक्रममा बोल्दै सुदुर पश्चिम प्रदेश सरकार भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापाले नयाँ आर्थिक बर्षको बजेटको तयरी संगै बजेट सिलिङ घटेर आउँदा समस्या भएको बताउनुभयो । हेफरले स्थानीय तह संगको समन्वयमा गरेको काम राम्रो रहेको बताउदै यहाँको जनतालाई सेवा दिएको उहाँले बताउनुभयो । यस्तै हेफरले जस्तै अन्य संघसस्थाले पनि प्रदेश सरकार संग समन्वय र साझेदारीमा काम गर्ने सक्ने मन्त्री थापा बताउनुहुन्छ । उहाले ठाउँ अनुसारको खेती, बिउँ उत्पादन, पशुपालन लगायत तरकारी पकेट क्षेत्र घोषणा गरि काम गरे किसानलाई आर्थिक सवलिकरणमा जोड दिन सहज हुने बताउनुभयो । हावापानी, भुगोल हेरेर हेफरले पशु पकेट कार्यक्रम संचालन गर्न सक्ने उहाँको तर्क छ । यस्तै अबको नयाँ आर्थिक बर्षको बजेटमा हेफरको कामलाई निरंतरता दिन प्रदेश सरकारले आवश्यकता अनुसार बजेट बिनियोजन गर्ने उहाँले बताउनुभयो ।

    Article inline ad #1
  • हेफर प्रोजेक्ट इन्टरनेसनल नेपालको राष्ट्रिय निर्देशक तिर्थराज रेग्मीले हेफर प्रोजेक्टले गरेको कामको चर्चा गर्दै स्थानीय तहले देखाएको चासो प्रती खुशी व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय स्तरमा हेफरले गरेको कामको चर्चा गर्दै नेपालमा हेफरले गरेको कामले नगरीकको कृषि र पशुबस्तुमा आधारित साना किसान तथा युवा उद्यमशिलतामा जोड दिएको बताउनुभयो ।

    Article inline ad #2

    यस्तै कार्यक्रममा बोल्दै हेफर प्रोजेक्ट नेपालका उपाध्यक्ष डा. पदम बहादुर सिहले यो कार्यक्रम बझाङका चार र कंचनपुरको एक स्थानीय तहमा संचालन भएको बताउनुभयो । सुदुर पश्चिम प्रदेश सरकार भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगले यश क्षेत्रमा कार्यक्रम गर्न सकिएको उहाँले बताउनुभयो । यस कार्यक्रम बाट स्थानीय स्रोतको पहिचान, उपभोग र आवश्यकता लाई मध्येनजर गर्दै नमुना कार्य गर्ने उहाँले बताउनुभयो । यस कार्यक्रमले स्थानीय तहमा उत्पादन र उत्पादकत्वमा वृद्धि, सामाजिक रुपान्तरण र उपभोग र प्रयोगमा सहकार्यको सिर्जना गर्ने उहाले बताउनुभयो ।

    सुदुर पश्चिम प्रदेशमा हेफर प्रोजेक्ट नेपालले कंचनपुरको पुनर्वास नगरपालिका, बझाङको जयपृथ्बी नगरपालिका, छब्बीस पाथिभेरा, खप्तडछन्ना र मष्टा गाउँपालिकामा कार्य गर्दै आएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य दमन भण्डारी, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा, खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर रोकाया लगायतले मन्तव्य राख्नु भएको थियो भने सरोकारवाला सहभागीगरुले कार्यक्रमका बीषयमा जिज्ञासा राख्नु भएको थियो । कार्यक्रममा सरोकारवाला निकायका ब्याक्तित्व, साझेदार सस्थाका प्रतिनिधि, विभिन्न पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button