अख्तियारको दुरुपयोग गर्दै भिमदत्तमा वडा सचिवको झुठा सिफारिस
कंचनपुर – भीमदत्तनगरका एक कर्मचारीले अख्तियारको दुरूपयोग गर्दै सिफारिस गरेका छन्।
भीमदत्त नगरपालिका वडा नम्बर १० का वडा सचिव गगन नाथले यस्तो सिफारिस गरेका हुन्। वडा सचिव नाथले वडाकाे शुकासाल नजिक पर्ने उत्तम बिष्टकाे जग्गामा रहेकाे घर लाई घर नभएकाे र कालाे पत्रे सडक लाई ग्राभेल सडक देखाएका हुन ।
सिट नम्वर ०२०-१३३४-३ काे कित्ता नम्बर ४०९५ मा बनेकाे घर र उक्त घरलाई जाेड्ने सडक ग्राभेल देखाएका हुन । यसरी सिफारिस तयार पार्ने कामकाे दुरुपयाेग गर्दै सिफारिस तयार पारि काउन्टर हस्ताक्षर गरि काम गरेका छन ।
यश सम्बन्धमा नाथ संग फाेन सम्पर्क गर्दा नाथले साे हस्ताक्षर आफुले गरेकाे स्विकार गरेका छन । किन यसरी सिफारिस गर्नुभयाे भन्दा देखाउने मान्छेले अन्तै ठाउँमा देखाए त्यहि अनुसार सिफारिस गरेकाे बताएका छन ।
यसरी अख्तियारिकाे दुरुपयाेग हाेईन भनेर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत महेश बहादुर बमलाई साेध्दा वहाले याे काम गर्न नहुने हाे। यस्ताे काम गरेकाे भए प्रमाण कागजात सहित आए कार्वाहि हुने बताएका छन ।