Above Article Ad
  • सुशासन सहितको समृद्ध र नमुना वडा निर्माण गर्छु : उम्मेदवार थापा

    Above Article Content Ad
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका पुनर्वास नगरपालिका –५ का वडाध्यक्ष पदका उम्मेदवार किसन थापासँग चुनावी विषय र उम्मेदवारीका विषयमा गरिएको कुराकानीको एक अंश ।

    १) नेपाली सेनाको जागिर छाडेर बस्नुभएको तपाईले एकाएक राप्रपाबाट के–कति कारणले उम्मेदवारि दिनु भयो ?

    Article inline ad #1
  • – देशको जटिल परस्थिती, चरम भ्रष्टाचार, हत्या हिंसा, बलात्कार, अराजक र समाजमा बढ्दो बेथिति र विकृति बिरुद्ध कडा प्रतिवाद गर्ने पार्टी राप्रपा देखेकाले मैले उम्मेदवारी दिएको हु ।

    Article inline ad #2

    २) तपाईंले पुनर्वासका जनताहरुलाई र यहाँको राजनीति कसरी नियाल्नु भएको छ ?

    –यहाँको राजनीति फितलो, घिनाउदो अलि फोहोरी राजनिति देखेको र आफन्तवाद, नातावाद, क्षेत्रीय र जातियताको राजनीति देखेर जनताहरु वाक्क दिक्क बनि सकेको अवस्थाले राजनिति समाजसेवा भन्दा आर्थिक उपार्जन गर्ने एक थलोको रुपमा देखिएको छ ।

    ३) राप्रपाबाट तपाईंले उम्मेदवारी त दिनुभयो । ठुला दलहरुसँगको प्रतिस्पर्धामा जित्न गाह्रो देख्नु भएन ?

    –मलाई जहाँ सम्म लाग्छ,पुनर्वास–५ का जनताहरुमा जनचेतना पुगेको छ,यहाँ शक्ति र सत्ताको आडमा हुने राजनितिले समाजलाई नोक्सानी गर्दै आएको जनताले प्रष्ट र छर्लङ्गै थाहा पाएका छन ।
    मलाई लाग्छ आम नागरिकले सबैलाई पटक पटक हेर्दै आए, अब यस पटक चै जनताहरुले राप्रपालाई जिताउनेछन भन्नेमा पुर्ण बिश्वास छु ।

    ४) यदि तपाईंले अध्यक्षमा जित्नुभयो भने के कस्ता एजेण्डाका साथ अगाडि बढ्ने सोचमा हुनुहुन्छ ?

    – प्रश्नको लागि धन्यवाद ! मैले जिते पहिलो कुरा त
    वडामा भएका स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, कृषि क्षेत्र, युवा स्वरोजगार,सुकुम्बासी समस्या समाधान, युवामा बढ्दो लागुऔषध दुव्र्यसनी जस्ता समस्याको समाधानका विषयमा केन्द्रित हुनेछु ।
    त्यसैगरी वडाका हरेक विकास निर्माणका योजनालाई वडावासीको सल्लाह बमोजिम अघि बढ्दै सुशासन सहितको समृद्ध र नमुना वडा निर्माणको तयारीमा लाग्नेछु ।

    ५). अन्तमा के भन्न चाहनुहुन्छ वडाबासीहरुलाई ?

    – अन्तमा म के भन्न चाहन्छु भने वडाबासी मतदाताहरुमा एक पटक राप्रपालाई विजयी गराउनुस , अन्य दलले गर्दै आएको अराजतकता हामीबाट हुन दिने छैनौ । त्यसैले यसपटकको मत हलो चिन्हमा दिई राप्रपालाई विजयी गराईदिनहुन विनम्र अनुरोध गर्दछु ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by