
सुदूरपश्चिममा फेरि देखियो घरपालुवा जनावरमा लम्पी स्किन रोग
धनगढी– सुदूरपश्चिममा पुनः लम्पी स्किन रोग देखा परेको छ । तीन वर्ष अघि महामारीका रुपमा देखा परेको लम्पी स्किन प्रदेशमा पुनः देखा परेको हो । धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका अनुसार घरपालुवा पशुहरुमा देखा पर्ने सो रोग कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ का एक किसानले पालेको गाईको बाच्छीमा देखा परेको पुष्टि भएको हो ।
जोशीका अनुसार २०८० मा सुदूरपश्चिमभरि लम्पी स्किन रोग व्यापक रूपमा फैलिएर १५ हजार बढी गाई, भैँसी र गोरु मरेका थिए । त्यसबखत सुदूरपश्चिममा मात्रै साढे ३ लाख पशु संक्रमित भएका थिए । लम्पी स्किन रोग पुनः देखापर्नुको प्रमुख कारण रोगको संक्रमण फैलिएको अवस्थामा सम्पूर्ण पशुहरूलाई खोप लगाउन नसक्नु नै रहेको प्रयोगशालाका प्राविधिक कर्मचारीहरू बताउँछन् । उनीहरूका अनुसार २०८० मा व्यापक रूपमा उक्त रोगको संक्रमण फैलिएको अवस्थामा अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा अत्यन्त न्यून संख्यामा पशुहरूलाई खोप लगाइएको थियो ।















