
विकासका बिषयमा निष्पक्ष ढंगले हेरिन्छ : प्रदेश सभा सदस्य बीर बहादुर थापा
धनबहादुर बिक
पुनर्वास/ पुनर्वासको समग्र विकासका लागि यो वा त्यो पार्टी पक्ष विपक्ष नहेरी निष्पक्ष ढङ्गले काम गर्ने बताएका छन् ।
शुक्रबार दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पुनर्वासको २५ औं बार्षिक साधारणसभा एवं रजत बर्षको अवसरमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य वीर बहादुर थापाले यस्तो बताएका हुन् ।
प्रदेशसभा सदस्य थापाले प्रदेश सरकार बनिसकेपछि काम गर्ने दौरानमा कुनै क्षेत्र वा व्यक्ति लाई पार्टी सम्बन्ध नहेरि निष्पक्ष ढंगले विकासका कार्यक्रमका लागि आफ्नो महत्त्वपूर्ण भुमिका रहने कुरामा जोड दिएका थिए ।
“प्रदेशसभा सदस्यमा आफुु निर्वाचित भएपनि अहिलेसम्म सपथ लिन पाएको छैन ।” प्रदेश सदस्य थापाले भने” सरकार के कसरी बन्छ अहिलेसम्म कुनै टुङ्गो लागेको छैन । नयाँ सरकारमा आफ्नो भागमा के जिम्मेवारी रहने हो स्वयं आफू अनविज्ञ छु ।”
कृषि र बिधुतीय सिचाई मेरो प्रमुख योजना थियो । दलित सहकारीले पनि कृषि र किसानका पक्षमा ल्याउने रचनात्मक कार्यलाई आफ्नो पुर्ण सहयोग र समर्थन रहने थापाले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्रबहादुर मगरले आर्थिक बर्ष ०७८/०७९ को कुल १ अर्ब ३२ करोड ५४ लाख ८१ हजार बराबरको आयव्यय प्रस्तुत गरेका थिए भने ५९ लाख ५३ हजार रकम संस्थाले शुद्ध नाफा गर्न सफल भएको प्रतिवेदन सुनाए ।
संस्थाको कर्जा लगानी मध्ये १८ करोड ५२ लाख ५४ हजार रकम उठ्न बाँकी रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
संस्थाले गत आर्थिक बर्षमा मृत्यु भएका ८ जना सेयर सदस्य परिवारलाई काजकिरिया बापत जनहि १० हजार नगद प्रदान गरिए पनि संस्थाका व्यवस्थापक दानबहादुर रावलले आगामी दिनमा उक्त सुविधाका लागि कम्तीमा १० हजार रुपैयाँको शेयर खरिद गर्नुपर्ने मापदण्ड सञ्चालक समितिबाट अनुमोदन भएको बताए ।
हालसम्म भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएको दलित सहकारीले ५६ लाख पाँच हजार २ सय ५७ रूपैयामा आफ्नै ६ कोठाको एकतले भवन निर्माण गरि गत मंसिर देखि आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।
संस्थाका अध्यक्ष चन्द्रबहादुर मगरको सभापतित्वमा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशसभा सदस्य वीर बहादुर थापा प्रमुख अतिथीमा आसिन रहेका थिए । भने बिशिष्ट अतिथीमा राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय प्रमुख धनगढीका देवराज पाल , केन्द्रीय दुग्ध सहकारी संघका सञ्चालक भरत देउवा
सुदुरपश्चिम प्रदेश वचत तथा ऋण सहकारी संघ लेखा संयोजक डिल्ली प्रसाद शर्मा , सुदरपश्चिम प्रदेश साना किसान कृषि सहकारी संघ संचालक धर्मकला पौडेल लगायतका व्यक्तिहरु रहेका थिए ।
आगामि आर्थिक बर्ष ०७९/०८० का लागि ४ अर्व २९ करोड १० लाख रकम बराबरको अनुमानित आयव्यय प्रस्तुत गरिएको कार्यक्रममा संस्थाको बार्षिक लेखा प्रतिवेदन लेखा संयोजक रामसिंह बडुवालले गरेका थिए । भने स्वागत मन्तव्य उपाध्यक्ष सेते बिश्वकर्मा र कार्यक्रम सञ्चालन व्यवस्थापक दानबहादुर रावलले गरेका थिए ।
















