Above Article Ad
  • कैलालीमा राज्यमन्त्रीकै घरमा चोरी

    Above Article Content Ad
  • धनगढी: नागरिक उन्मुक्ति पार्टीका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा रहेको चौधरीको घरमा सुनचाँदीसहित करिब २० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ।

    चौधरीको घर विगत बैशाखदेखि बन्द रहेको र त्यस अवधिमा कोही बसोबास नगरेको जनाइएको छ। चोरी कहिले भएको भन्ने यकिन नभए पनि हिजोमात्रै घरमा पुग्दा चोरी भएको थाहा लागेको चौधरी पक्षको भनाइ छ। चोरले घरको ढोका फोडेर भित्र पसेर बहुमूल्य सुनचाँदीका गहना तथा नगद समेत लुटपाट गरेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको र प्रहरीले चोरीको प्रकृति तथा चोरको पहिचान गर्न खोजी तीव्र पारेको जनाएको छ। प्रहरीका अनुसार घटनास्थलको निरीक्षण गरी थप विवरण संकलन भइरहेको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6