
पुनर्वासमा खोप लगाएकै दिन साँढे तीन महिनाकी बालिकाको मृत्य
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिकामा डिपिटी खोपको तेस्रो डोज लगाएकी एक बालिकाको मृत्यु भएको छ ।
बिहिबार पुनर्वास नगरपालिका-५,सिमरी चन्द्रवाल स्कुलको खोप केन्द्रमा दिउँसो खोप लगाएकी सिमरीका राजकुमार रानाकी साँढे तीन महिनाकी छोरी आलिया रानाको मृत्यु भएको हो ।
दिउँसो खोप लगाएको थियो । बच्चा बिरामी पनि थिएन । राती एक्कासी समस्या देखिएर साँढे एक बजेको समयमा छोरीको मृत्यु भएको उनका बुवा राजकुमार रानाले जानकारी दिए ।
घटनापछि बिहान ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक महेश विक्रम शाहीको प्रहरी टोली,वडाध्यक्ष पदम बहादुर रोकाया, त्रिभुवनबस्तीका स्वास्थ्य प्रमुख र प्रयोगशाला प्रमुख पनि मृतक बालिकाको घरमा पुगेका थिए ।
घटनाका विषयमा पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीसँग बुझ्दा एकै भाईलका ७ डोज लगाएका थियौं । अन्यलाई कुनै असर नपरेकोले खोपकै कारण भन्न नसकिने बताए ।
हामीले घटनाको जानकारी पाउने बित्तिकै माथील्लो निकायमा खबर पठाईसकेका छौं । बालिकाको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाईएको छ, बाँकी कारण रिर्पोटबाट यथार्थ आउनेछ । उनले भने,ती बालिकालाई हिजो अन्तिम चरणको तेस्रो खोप लगाएका हौं ।