Above Article Ad
  • इलाम पहिरोमा चार बेपत्ता,३४ जनाको मृत्यु

    Above Article Content Ad
  • इलाम-अविरल वर्षासँगै गएको पहिरोमा परी इलामका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ। आज अपराह्न १ बजेसम्म प्राप्त विवरणअनुसार चार जना बेपत्ता भएका छन्।

    पहिरोमा परी मृत्यु भएका ११ जनाको शव परीक्षण भइसकेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिए। क्षतिको विस्तृत विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    Article inline ad #1
  • पहिरोमा परी सूर्याेदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, इलाम नगरपालिका–६ घोसमा ६ जना, सन्दकपुर गाउँपालिकामा ४ जना, माङ्सेबुङ गाउँपालिकामा ३ जना, देउमाई नगरपालिकामा ८ जना, माइजोगमाई गाउँपालिकामा ७ र फाकफोकथुम गाउँपालिकामा एक गरी ३४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिए।

    Article inline ad #2

    विपद्मा परी सन्दकपुर गाउँपालिकामा दुई तथा इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा  एक/एकजना बेपत्ता भएका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6