
सुदूरपश्चिममा नाउपाबाट वन मन्त्रीमा रामेश्वर चौधरी नियुक्त
Above Article Content Ad
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज नयाँ मन्त्री पाउने भएको छ । डेढ महिनादेखि मन्त्री विहीन रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले मन्त्री पाउने भएको हो ।
नागरिक उन्मुक्ति पार्टी नाउपाबाट रामेश्वर चौधरी मन्त्री बन्न लागेका हुन् । नाउपाभित्रको आन्तरिक किचलोका बीच प्रदेश सरकारले नयाँ मन्त्री पाउन लागेको हो ।मुख्यमन्त्री कमल बहादुर शाहले नाउपा संसदीय दलको पत्रको आधारमा आज उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको नियुक्त हुने जानकारी दिए ।
Article inline ad #1
यसैबीच नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले मन्त्रीको लागि रामेश्वर चौधरीलाई नाउपा संसदीय दलको विधान विपरीत सिफारिस गरेको भन्दै मुख्यमन्त्री र प्रदेश प्रमुखलाई उनको शपथ रोख्नको लागि पत्रचार गरिसकेका छन् । तर उनको विरोधकाबीच रामेश्वरलाई नियुक्ति दिने तयारी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको रहेको छ ।नाउपाको आन्तरिक विवादले गर्दा नाउपाको भागमा परेको सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको नियुक्ती हालसम्म हुन सकेको छैन । यसअघि नाउपाबाट मन्त्री बनेका लक्ष्मणकिशोर चौधरी गत चैत्र १६ गते पदबाट राजीनामा दिएका थिए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















