Above Article Ad
  • दलित विकास समितिद्वारा नगरपालिकालाई ज्ञापन पत्र पेश

     मुक्ति समाज द्वारा द्विप प्रज्वलन

    Above Article Content Ad
  •  पुनर्वास – अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस २१ मार्च को अवसरमा दलित विकास समिति पुनर्वास ले नगरपालिका मा ३ बुंदे ज्ञापनपत्र पेश गरेको छ ।

    १. प्रत्येअन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा पालिकाले सन्देशमुलक सूचना कार्यक्रम सार्वजनिक गर्नुपर्ने । २. नगर तथा वहा स्तरिय जातिय विभेद तथा अनुगमन समिती बनाई तत्काल कार्यान्वयन ३ . जातिय विभेद तथा छुवाछूत प्रथालाई उन्मूलन गर्न प्रेरित गर्ने र यसका कानूनी पक्षहरुको प्रचार प्रसार व्यापक गर्ने खालका बोर्डहरु नगरको सार्वजनिक स्वतहरुमा स्थापना गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    Article inline ad #1
  • दलित विकास समिति पुनर्वास का अध्यक्ष मदनलाल बिक , सचिव रबिन्द्र नकर्मि बिक , कोषाध्यक्ष गोमा रसाइली सहसचिव ईन्द्र बिक , दलित बुद्धिजीवी सुरेश गजुरेल लगायतको उपस्थितिमा पुनर्वास नगरपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत शिवराज भट्ट लाई हस्तान्तरण गर्दै उक्त ज्ञापनपत्र नगरपालिका मा पेश गरिएको थियो ।

    Article inline ad #2

    मानवताविरुद्ध हुने सबै प्रकारका जातीय तथा रङ्गभेदलाई अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरेपछि नेपाल सन् १९७१ देखि त्यसको पक्ष राष्ट्र हो । त्यही कारण सन् १९६६ देखि हरेक वर्ष मार्च २१ लाई अन्तर्राष्ट्रिय दिवसकैरुपमा मनाउने गरिएको छ । मङ्गलबार ५८औं जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस मनाइँदै गर्दा । यही दिवसका अवसरमा दलित मात्रै होइन, गैरदलितसहितको समन्वय, संवाद र समझदारी बनाउँदै सबै प्रकारका जातीय भेद्भाव तथा छुवाछुतविरुद्ध लड्ने प्रतिबद्धता जरुरी रहेको दलित विकास समितिले जोड दिएको छ । No description available.

    जातिय उत्पीडनको पिडामा पिल्सीन वाध्य बनाइएका दलित समुदायको पक्षमा सबैको साझा राय सुझाव सहितको कार्यविधी तयार पारी सबै खालको विभेद जस्ता कुरिती र अपराधको समूल अन्त्य गर्दै समतामूलक समाज निर्माणको अनुभुति हुने गरि पहल कदमी सुरु गर्न तपशिलको माग सहित नगर प्रमुख स्थूलाई हार्दिक अनुरोधका साथै अपिल गर्दछ उक्त ज्ञापनपत्रमा उल्लेख छ । नेपालका संविधान, २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई नागरिकको मौलिक हकको रूपमा परिभाषित गरेको छ तथापी राज्यले कार्यान्वयनमा देखाएको उदासिनताका कारण दलितहरुले विभेद विरुद्धको मौलिक हकको अनुभूति पाउन सकेका छैनन्। सामाजिक न्यायको सुनिश्चितता पाउन सकेका छैनन् ज्ञापनपत्रमा जोड दिईएको छ ।No description available.

    यसैबीच नेकपा एमाले निकट भातृ संगठन नेपाल उत्पिडित जातीय मुक्ति समाज जिल्ला कमिटी कञ्चनपुर ले ५८औं जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस का अवसरमा पुनर्वास नगरपालिका ६ प्रतिभानगर को खुला मञ्चमा द्विप प्रज्वलन गरि मनाएको छ । मुक्ति समाज कञ्चनपुर को आयोजनामा भएको कार्यक्रम मा समाजकि कञ्चनपुर सदस्य कलावति वड को सभापतित्वमा भएको द्विप प्रज्वलन कार्यक्रम का प्रमुख अतिथि प्रमुख अतिथि नेपाल उत्पिडपत जातीय मुक्ति समाज केन्द्रीय सल्लाहकार कमिटी सदस्य ममता टमटा रहनभएको थियोे । सन १९६५ मा रंगभेद बिभेदीकरण काला र गोरा जातिबिच भएको नरशंहार को बिरूद्धमा आन्दोलनको सुरूवात भएको अवसरलाई बिशेष दिवसको रूपमा नेपाल मा पनि मनाउन सुरुवात गरिएको बताईएको छ ।

    मानव मानव विच समानता नहुनु राष्ट्र कै लागि लज्जास्पद बिषय हो । जसले गर्दा मुलुकले चाहे अनुसारको विकास हुन नसकेको कार्यक्रममा बोल्ने वक्ता हरूले जोड दिएका थिए । सबै खाले बिभेदको अन्त्य हुन सकेमा समाज र देसको विकास सम्भव रहेको वक्ता हरूले जोड दिएका थिए । कार्यक्रममा मुक्ति समाज सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिष्णु बिक , नेका एमाले प्रदेश कमिटी सदस्य सोमराज बराल , एमाले पुनर्वास नगर कमिटी अध्यक्ष पदम पुजारा , जिल्ला कमिटी सचिवालय महिला बिभाग कमिटी सदस्य सारदा बिष्ट धामि , जिल्ला कमिटी सदस्य आर पी सार्की लगायतका वक्ता हरूले आफ्ना भनाईहरू व्यक्त गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button