
‘गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन’
कञ्चनपुर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट आधार तयार गर्नुपर्नेमा जोड दिएका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिको पर्यटकीयस्थल सोभताल परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट कृषि, वन, स्वास्थ्य, शिक्षा, रोजगारी, उद्योगलगायतमा जोड दिन सुझाव दिए। उनले भने, ‘कृषिलाई आधार बनाएर त्यसमै आधारित उद्योग स्थापना गरी अगाडि बढ्न सके अर्थतन्त्रमा टेवा पुग्ने छ। अहिलेको युग सूचना प्रविधिको युग भएकाले आइटी क्षेत्रलाई आत्मसात् गरी अगाडि बढ्नुपर्छ।’
Awesome https://is.gd/N1ikS2
Awesome https://is.gd/N1ikS2
Good https://is.gd/N1ikS2