
आज नेपालमा ल्याइने प्रकृति लम्सालको शव
Above Article Content Ad
काठमाडौंः भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा मृत अवस्थामा फेला परेकी प्रकृति लम्सालको शव बुधवार नेपाल ल्याइने भएको छ।
भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा शव आज नेपाल ल्याउन लागिएको उनका आफन्तले जनाएका छन्। गत आइतबार बुटवलकी प्रकृति कलेजको होस्टलेमा मृत अवस्थामा भेटिएकी थिइन्।
Article inline ad #1
नेपाल र भारतमै पनि चर्को आलोचना भएपछि विश्वविद्यालय प्रशासनले माफी मागेको छ। प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो। जसमध्ये पाँच जना २० हजार धरौटीमा छुटेका छन्। प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका कलेजकै अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad