Above Article Ad
  • सुदूरपश्चिम प्रहरीको उल्लेखनीय सफलता, कार्यसम्पादनमा देशकै उत्कृष्ट

    Above Article Content Ad
  • धनगढी – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कार्यसम्पादन मूल्यांकनमा देशभरमै उत्कृष्ट बनेको छ। प्रधान कार्यालय नक्सालको कार्यसम्पादन मूल्यांकन अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अर्धवार्षिक र ९ महिने कार्यकालमा उत्कृष्ट बनेको हो।

    डीआईजी ओम बहादुर रानाको कमाण्डमा रहेको सुदूरपश्चिम प्रहरी देशभरमै उत्कृष्ट कार्यसम्पादन गर्दै प्रथम बनेको जनाइएको छ। जसअनुसार अर्धवार्षिक कार्य प्रगति मूल्यांकनमा सुदूरपश्चिम प्रदेश प्रहरी ८०.२१ प्रतिशत नतिजासहित उत्कृष्ट बनेकोमा ९ महिने मूल्यांकनमा ८५.११ प्रतिशत नतिजासहित प्रथम बनेको हो।

    Article inline ad #1
  • यतिमात्र होइन, डीआईजी रानालाई यस अगाडि प्रहरी नियमावलीअनुसार नगदसहित पुरस्कृत पनि गरिएको थियो। सुदूरपश्चिममा शान्तिपूर्ण निर्वाचन सफल रुपमा गराउन भूमिका खेलेको भन्दै उनलाई पुरस्कार दिइएको थियो। आईजीपी दानबहादुर कार्कीले चैत २ गते उनलाई नगद पुरस्कारसहित सम्मान गरेका थिए।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6