
के गर्ने-के नगर्ने ? खानेकुरा पुनः तताउँदा नदेखिने स्वास्थ्य जोखिम हुन सक्छ ?
Above Article Content Ad
बीबीसी – खानेकुरा पुनः तताउँदा नदेखिने स्वास्थ्य जोखिम हुन सक्छ। त्यसैले तलका नियमहरू पालना गर्दा तपाईँको खाना सुरक्षित हुन सक्छ र त्यसले खानाजन्य बिमारीको खतरा घटाउन सक्छ।
गर्न नहुने कुराहरू
Article inline ad #1
- खाना बाहिर धेरै बेर नराख्नुहोस् : कोठाको तापक्रममा दुईदेखि चार घण्टाभन्दा लामो समय खानेकुरा नराख्नुहोस्। भात त एक घण्टाभन्दा बढी समय राख्दै नराख्नुहोस् किनभने ब्यासिलस सेरियस नामक जीवाणु छिटो फैलिन्छ।
- खान भनेर पोको पारेर ल्याइएको भात फेरि नतताउनुहोस् : खान भनेर पोको पारेर लिएर जाने भात प्राय: पहिला नै पाकिसकेको हुन्छ र बिक्री गर्नुअघि त्यसलाई पुनः तताइसकेको पनि हुन्छ। त्यसैले त्यस्तो भात फेरि तताउँदा त्यसबाट खतरा अझै बढ्छ। किन्ने बित्तिकै वा आइपुग्ने बित्तिकै खाना खानु उपयुक्त हुन्छ।
- घरमा पकाइएका खानेकुरा फ्रिजमा लामो समय नराख्नुहोस्: बचेको वा बाँकी रहेको खाना २४ देखि ४८ घण्टाभित्र खाइ सक्नुहोस् वा खानु छैन भने त्यसलाई रेफ्रिजिरेटरमा राख्नुहोस्।
- फ्रिजमा जमेर बसेको कुखुराको मासुको बरफ नपग्लिँदासम्म तातो पानीमा नराख्नुहोस् :यसले गर्दा जमेको मासु राम्ररी नपग्लिँदा त्यसका केही भागहरू ‘जोखिम अवस्थामा’ पुग्ने सम्भावना हुन्छ। जमेको कुखुरालाई फ्रिजमै पग्लिन दिएर मात्रै राम्रोसँग पकाउनुहोस्। कुखुरामा पाइने क्याम्पिलोब्याक्टर नामक ब्याक्टेरियाले पेटको गम्भीर समस्या निम्त्याउन सक्छ। साथै बान्ता हुने र अस्पताल नै भर्ना गर्नु पर्ने अवस्था पनि आउन सक्छ।
तपाईँले के गर्नुपर्छ ?
Article inline ad #2
- पुनः तताउनुभन्दा अगाडि खानेकुरालाई फ्रिजमा राख्नुहोस् : खानालाई ५ डिग्री सेल्सिअस वा त्योभन्दा कम तापक्रममा राख्दा त्यसबाट हानिकारक रोगजन्य किटाणुहरूको वृद्धि सीमित हुने अनुसन्धानले देखाएको छ।
- खाना फ्रिजमा राख्नुभन्दा अगाडि खानालाई चिसो हुन दिनुहोस्: तातो खानेकुरालाई सिधै रेफ्रिजिरेटरमा राख्दा त्यसले तपाईँको रेफ्रिजिरेटरको तापक्रम बढाउन सक्छ। त्यसले गर्दा अन्य खानेकुरामा ब्याक्टेरिया वृद्धि हुन सक्छ। तपाईँले खानेकुरा फ्रिजमा राख्नुभन्दा अगाडि कोठाको तापक्रम सरह हुन दिनुहोस् र त्यसपछि रेफ्रिजिरेटरमा राख्नुहोस्। तातो हावापानीमा जति कम समय तपाईँले खाना बाहिर राख्नुहुन्छ त्यति नै सुरक्षित हुन्छ।
- खतरा क्षेत्र बुझ्नुहोस् : तापक्रम ८ डिग्री सेल्सिअस र ६३ डिग्री सेल्सिअसको बीचमा ब्याक्टेरिया तीव्र रूपमा वृद्धि हुन्छ। फ्रिजलाई ५ डिग्री सेल्सिअसभन्दा कम राख्दा त्यसले खानेकुरा बिग्रिनबाट जोगाउँछ भने १८ डिग्री सेल्सिअसभन्दा कम हुँदा ब्याक्टेरियाको गतिविधि रोक्छ। यद्यपि फ्रिजमा खानेकुरा राख्दा ब्याक्टेरिया भने मर्दैन जमेको खाना पग्लिँदा त्यो खानेकुरा पुनः प्रयोग गर्न हुन्छ।
- चिसो खानापछि पग्लिन दिन फ्रिजरमा राख्नुहोस् : तपाईँले आफ्नो खाना त्यसमा उल्लेखित ‘प्रयोग गर्ने मिति’ सम्म फ्रिज गर्न सक्नुहुन्छ, त्यसमा पाउरोटीजस्ता खानेकुरा पनि पर्छन् जुन फ्रिजरमा राख्दा लामो समय टिक्छ।
- जमेको खानेकुरा आंशिक रूपमा पग्लिँदा त्यो खानेकुरा समान रूपमा नपाकेको हुन सक्छ। त्यसले गर्दा हानिकारक ब्याक्टेरियाहरू मर्न पाउँदैन।
- बचेको भात २४ घण्टाभित्र तताएर खानुहोस् :भातमा ब्यासिलस सेरियस नामक ब्याक्टेरियाहरू हुन्छन् जुन खाना पकाउँदा पनि मर्दैनन्। चिस्याउँदा र रेफ्रिजिरेटरमा राख्दा खतरा तत्कालै घट्छ तर पुन: तताउने काम भने एक पटक मात्रै गर्नुपर्छ। पकाइएको भात रेफ्रिजिरेटरमा राख्दा ब्याक्टेरियाको वृद्धि त्यसले रोक्न सक्छ।
- पूरै तातेर बाफ नआउँदासम्म खानेकुरा तताइरहनुहोस् : माइक्रोवेभमा जमेको खानेकुरा पग्लिन दिँदै हुनुहुन्छ भने आधा तात्दासम्म चलाइरहनुहोस् ताकि सबैतिर समान रूपमा तात्न पाओस्।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















