Above Article Ad
  • जाजरकोटमा हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते

    Above Article Content Ad
  • जाजरकोट – जाजरकोटमा हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । छेडागाड नगरपालिका–१३, कार्कीगाउँदेखि नेपालगन्जतर्फ गइरहेको लु।प्र। ०१००१ ख। ०१९७ नम्बरको फोर्स गाडी आज बिहान मध्यपहाडी सडक अन्तर्गत भेरी नगरपालिका-८, चौखे ढुङ्गा भन्ने स्थानमा  दुर्घटनामा परेको हो ।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधिरकुमार खड्काका अनुसार बिहान ८ बजे दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी जगतीपुरबाट घटनास्थलमा पुगेर घाइतेलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल जाजरकोटमा ल्याएर उपचार भइरहेको जानकारी दिनुभयो । सबै घाइतेहरूको खतरामुक्त रहेको जिल्ला अस्पताल जाजरकोटले जानकारी दिएको छ ।

    Article inline ad #1
  • गाडीमा सवार ८ जना मध्ये गाडी चालक वर्ष २६ का खिमराज केसी सकुसल रहेको र अन्य सातै जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरूमा भेरी नगरपालिका–७ का वर्ष २७ की भावना विक, वर्ष २६ का आशिष विक  वर्ष २८ कि तिर्सना  विक, वर्ष २५ की लिला विक रहनुभएको छ ।

    Article inline ad #2

    त्यस्तै, भेरी ९ का वर्ष २२ का  कमल परियार, वर्ष २६ का कमलराज घर्ती, भेरी १० का वर्ष २७ का तुल्सा मल्ल शाही रहनुभएको छ । दुर्घटना कसरी भएको सम्बन्धमा थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6