Above Article Ad
  • पुनर्वास सहकारी संस्थाको ३३ औं साधारण सभा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका– ६मा रहेको। पुनर्वास सहकारी संस्था लिमिटेडको ३३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    आइतबार एक भव्य समारोहका बीच संस्थाको ३३ औं साधारण सभा सम्पन्न भएको हो।

    Article inline ad #1
  • साधारणसभामा संस्थाका अध्यक्ष भरतबहादुर बिष्टको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिमा पुनर्वास नगरपालिकाका पूर्व नगरप्रमुख जीवनराज थापा हुनुहुन्थ्यो।

    Article inline ad #2

    त्यस्तै,अतिथिहरूमा धनगढी दुग्ध वितरण आयोजनाका प्रमुख निरञ्जन भट्टराई, पुनर्वास नगरपालिका वडा नम्बर ६का वडा मित्रसिंह लामा, इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्की, पुनर्वास उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार रायमाझी, नेपाल रेडक्रस सोसाइटी उपशाखाका अध्यक्ष कृष्णबहादुर तामाङ, संस्थाका शेयर सदस्य एवं कवि गणेश उपाध्याय न्यौपाने, पुनर्वास नगरस्तरीय सहकारी समन्वय शंकर के.सी,जनजागरण सहकारी संस्थाका अध्यक्ष परशुराम विश्वकर्मा, पूर्व नेपाल प्रहरी संगठनका अध्यक्ष राजेन्द्र सिंह धामी,सगरमाथा कृषि सहकारी संस्थाका अध्यक्ष नवीन तिमिल्सेना, प्रगति सहकारी संस्थाका अध्यक्ष चेतराज कापडि लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा सहकारी संस्थाको आर्थिक वर्ष २०८१/२०८२ को ८ करोड ६७ लाख ८४ हजार तथा वास्तविक ७ करोड ३५ लाख ७ हजार ८६३ रूपैया बराबरको आयव्यय प्रस्तुत गरिएको थिए ।  आर्थिक बर्ष ०८२/०८३ को संसोधित ९ करोड १२ लाख ३३ हजार ५०० तथा ०८२/०८३ को प्रस्तावित ९ करोड ९१ लाख बराबर संस्थाका व्यवस्थापक एक कुमार श्रेष्ठले जानकारी दिनुभयो

    कार्यक्रममा आवधिक बचत कारोबार तर्फबाट ललु टमटमा , अवधिक ऋण कारोबार तर्फबाट अनिता गुरुङ, सामूहिक बचत कारोबारको तर्फबाट शीतल गाईपालन तथा खाद्य बाली कृषक समूह, दैनिक ऋण कारोबार तर्फबाट सरिता तामाङ ,मोहन सिजापती , दैनिक बचत कारोबारको तर्फबाट कमला श्रेष्ठ ,जोयल तामाङ, गुणस्तरीय दूध बिक्री कारोबारको तर्फबाट ईश्वरी गिरी , नियमित दूध बिक्री कारोबार पदम बहादुर चन्द , सयेर वृद्धि रकम कारोबार तर्फबाट विष्णु ढकाल , दीपक कुमार श्रेष्ठ, राजेश राना, सुरेश के.सी, विशाल सापकोटा शेर पुँजी वृद्धि कारोबार तर्फबाट सोमलाल तामाङ, राजु श्रेष्ठ, डम्बर प्रसाद दाहाल, प्रदीप राज भण्डारी, देवकी बिष्ट, उरगेन गुरुङ सेनी, पार्वती तामाङ, बयो वृद्धि जेष्ठ नागरिक सम्मान तर्फबाट गणेश दत्त न्यौपाने प्रशंसा पत्र सहित नगद सम्मानित गरिएको   थियो।

    प्रमुख अतिथिको आसनबाट बोल्नुहुदै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयाप्रसाद शर्माले सहकारीको  प्रगतिकोशुभकामना व्यक्त गर्दै  निर्माण हुन लागेको ५०० मेट्रिक टनको चिस्यान केन्द्र निर्माणमा ब्यवसायीले ढिलासुस्ती गरेको छिटोभन्दा छिटो सम्पन्न गर्न उक्त कम्पनीलाई नगरपालिकाबाट लिखित पत्राचार गरेको जानकारी दिनुभयो ।शीत भण्डार निर्माणका लागि काठमाण्डौंको जुगल विल्डर्सले गत २०८० असार २४ गते सम्झौता गरि ०८२ असार २४ गते भित्र अर्थात दुई बर्षभित्र सम्पन्न गर्ने गरि पुनर्वास नगरपालिका संग सम्झौता गरेको थियो । उक्त कम्पनीले सुरुवातमा तिव्र गतिमा काम गरि शीत भण्डारको भवन निर्माण गरि गत बर्षदेखि उक्त कार्यलाई अलपत्र अवस्थामा छोडि सम्पर्कविहिन भएको सहकारी सञ्चालक समितिले गुनासो गरेका हुन् । पुनर्वासमा सञ्चालित सहकारीलाई अझ व्यवस्थित बनाउन नगरपालिकाले छिटै सहकारी ऐन ल्याउन लागेको नगर प्रमुख तोयाप्रसाद शर्माले जानकारी दिनुभयो।

    पुनर्वास सहकारीको प्राङ्गणमा सम्पन्न कार्यक्रममा शेयरसदस्यहरुको बाक्लो सहभागी थियो भने कार्यक्रम
    संचालन व्यवस्थापक एक कुमार श्रेष्ठले गर्नु भएको थियो ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6