Above Article Ad
  • पुनर्वासमा वैकल्पिक कर्मचारी खटाउन नसक्दा वडा कार्यालयको सेवा प्रभावित

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–९, वडा कार्यालयबाट प्रवाह हुने पञ्जिकरण सम्बन्धी कामहरु केहि दिन देखि प्रभावित बनेको छ ।
    वडा कार्यालयका सचिव करनकुमार धामीको स्वास्थ्यमा केहि दिन देखि समस्या देखिएपछि वडाबाट प्रवाह हुने सामान्य सिफारिस सेवा बाहेक पञ्जिकरणका कामहरु पूर्ण रुपमा प्रभावित बनेको हो ।
    दुई तीन दिन देखि वडा कार्यालयमा सिफारिस बनाउन जाँदा सचिव नभएकै कारण फर्किनुपरेको पुनर्वास नगरपालिका–९, ख–गाँउका स्थानीय युवा हरि बोहराले गुनासो गरे । कर्मचारी बिदामा बसे नगरपालिकाले अर्को कर्मचारी तुरुन्त खटाएर सेवा सुचारु गर्नुपर्ने हो । तर नगरपालिकाले बेवास्ता गरेको देखियो । उनले भने, आफुजस्ता थुप्रै सेवाग्राहीले केहि दिन देखि सास्ती खेप्नुप¥यो ।
    बिहिबार समस्या बारे आफुले नगर प्रमुख र सुचना अधिकारीलाई समेत नगरपालिकामा पुगेरै समस्या दर्साएको उनको भनाई छ ।
    –सेवा प्रभावित बारे नगरपालिकाको धारण के ?
    वडा सचिव धामी बिदा बस्ने जानकारी पछि नगरपालिकाले प्रशासनिक कामकाजका लागि उनको ठाँउमा स्थानिय पञ्जिकाधिकारीका रुपमा अ.सव.ई. बिनोद चौधरीलाई खटिनका लागि पत्र पठायो । पत्र पठाए पनि चौधरीले तोकिएको जिम्मेवारीमा जान नमानेको नगरपालिकाका सुचना अधिकारी धौलराम सार्कीले जानकारी दिए । सुचना अधिकारी सार्कीका अनुसार नगरपालिकामा अरु प्रशासनका कर्मचारी नहुँदा पनि समस्या आईपरेको बताए ।
    “प्राविधिकलाई खटाउने नगरपालिकाबाट आदेश पठाउदा प्राविधिक उपस्थित भएनन् ।”, उनले भने, “आजबाट दुबै वडामा आलोपालो काम गर्ने गरी पुनर्वास–१ का वडा सचिवलाई पठाएका छौ ।”
    –तोकिएको जिम्मेवारीमा नजाने कर्मचारीलाई के हुन्छ ?
    सुचना अधिकारी धौलराम सार्कीसँग नगरपालिकाले तोकिएको जिम्मेवारीमा नजाने कर्मचारीलाई के हुन्छ भनि सोध्दा कार्यसम्पादनको मुल्यांकन नम्बर घटाईने बताए । त्यस्तै निजामति सेवा नियमावली २०५० को परिच्छेद १५, नियम २१८(क) मा कर्मचारीले कार्यालय प्रमुखले तोकिएको जिम्मेवारी पुरा नगरे २ वर्ष सम्म बढुवा रोक्का गर्ने वा बढिमा दुई तलब वृद्धि रोक्का गर्ने, दुई वर्ष देखि पाँच वर्ष सम्म बढुवा रोक्का वा दुई देखि पाँच तलब वृद्धि सम्म रोक्का गर्न सकिने व्यवस्था प्रष्ट उल्लेख छ ।
    –सरुवा भई अन्यत्र जाँदै वडा सचिव धामी ?
    करिब तीन वर्षदेखि पुनर्वासमा कार्यरत वडा सचिव धामीको सामान्य प्रशासन मन्त्रालयबाट केहि दिन अघि बेलडाँडी गाँउपालिकामा काज सरुवा भएको छ । उनको सरुवा भएपनि प्रमुख प्रशासकिय अधिकृत बिदामा भएका कारण रमाना रोकिएको बुझिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button