Above Article Ad
  • राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता : शनिबार सात खेल सम्पन्न, जिवन ज्योती माबि ५ पदक सहित शिर्षस्थानमा

    Above Article Content Ad
  • पुनर्वास – पुनर्वासमा जारी नगर स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीतामा शनिबार सात खेल सम्पन्न भएको छ ।

    शुक्रबार बाट सुरु भएको प्रतियोगीतामा शनिबार आठ सय मिटर दौड छात्र तर्फ जिबन ज्योती माबिका भक्त भुलले स्वर्ण पदक जितका छन् ।

    Article inline ad #1
  • यस्तै ब्रिलेन्ट बोर्डिङ स्कुलका सुदिप तामाङले रजत र पुनर्वास जनता माविका ओमे भुलले कास्य पदक प्राप्त गरेका छन् । यस्तै आठ सय मिटर दौड छात्रा तर्फ भने जिबन ज्योती माबिको बर्चस्व कायम छ । जिबन ज्योती माबिका गौमती विष्ट र कल्पना विष्टले क्रमशः स्बर्ण र रजत पदक हात पारेका छन् भने पुनर्वास जनता माविका जयन्ती जैशीले कास्य पदकमा चित्त बुझाउनु पर्यो ।

    Article inline ad #2

    यता एक सय मिटर दौड छात्र तर्फ भने ब्रिलेण्ट बोर्डीङ स्कुलका साजन तामाङले स्वर्ण पदक जित्न सफदल भए । रजत पदक गौरीशंकर माबिका लक्ष्मण राना र कास्य पदक पुनर्वास जनता माविका अमर बहादुर वि.कले जीत्न सफल भए । यस्तै एक सय मिटर दौड छात्रा तर्फ भने राष्ट्रिय माबि अमरबस्तीको अनिता खडकाले स्वर्ण पदक हात पारीन् । जिबन ज्योती माबिको सृष्टि बि.क रजत र दुर्गा माबिको दिया कसेराले कास्य पदक जित्न सफल भइन् ।
    यस्तै शनिबार नै भएको अर्को खेल हाइजम्प छात्र तर्फ दुर्गा माबिका सन्दीप सुनार स्वर्ण, गौरीशंकर माबिका अभिषेक बि.क रजत र राष्ट्रिय माबि अमरबस्तीका युसन बयाडीले कास्य पदक हात पारेका छन् । हाइजम्प छात्रा तर्फ भने शनिबार कुनै खेल नभएको आयोजकले जनाएको छ ।
    यस्तै, सटपुट छात्र तर्फ सरस्वती माबिको बर्चस्व कायम छ । सरस्वती माबिका सन्दीप एसकेले स्वर्ण पदक र हर्देश एसकेले कास्य पदक जितेका छन् । यता जनकल्याण माविका सन्तोष सोनामले रजत पदकमा चित्त बुझाउनु पर्यो ।

    यस्तै सटपुट छात्रा तर्फ भने जिबन ज्योती माबिको गौमती विष्टले स्वर्ण पदक हात पारीन् । शान्ति माबिको जयन्ती कार्की र सरस्वती माबिको सलिना थापाले क्रमशः रजत र कास्य पदकमा आफ्नो नाम लेखाउन सकिन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button