Above Article Ad
  • पुनर्वासमा नेपाली काङ्ग्रेसका मेयर शर्मा र उपमेयर रानाको जित निश्चित

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयर पदका उम्मेदवार तोया प्रसाद शर्मा र उपमेयरमा भुलिया रानाको जित निश्चित देखिएको छ ।

    आईतबार पुनर्वास नगरपालिकामा २ हजार १ सय ४६ मत मात्रै गणना गर्न बाकी रहेपछि काङ्ग्रेसका मेयर पदका उम्मेदवार शर्मा र उपमेयर पदका उम्मेदवार रानाको जित निश्चित देखिएको हो ।

    Article inline ad #1
  • १८ हजार ६ सय १३ मत गणना हुँदा सम्म नेपाली काङ्ग्रेसका मेयर शर्माले ७ हजार ३ सय ८८ मत प्राप्त गरेका छन् । त्यस्तै शर्मालाई प्रतिद्वन्दी नेकपा एमालेका मेयर पदका उम्मेदवार पदम पुजाराले ४ हजार १९ मत प्राप्त गर्दै पछ्याउँदै आएका छन् । भने उपमेयरमा नेपाली काङ्ग्रेसकि भुलिया रानाले ५ हजार ५ सय ६३ मत ल्याएकी छिन । उनलाई नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुशीला खत्रीले ४ हजार २ सय ८८ मत ल्याउदै पछ्याएको देखिन्छ ।

    Article inline ad #2

    पुनर्वास नगरपालिकाको ११ वटा वडा मध्ये पुनर्वास नगरपालिका-१, २, ३, ४, ५, ६, ७, ८ र १० मा मत गणना सम्पन्न भइसकेको र अहिले वडा नम्बर ९ को सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले जनाएको छ ।

    नगरपालिका भरी ३४ हजार ७६ मतदाता रहेकोमा २० हजार ७ सय ५९ मत मात्रै खसेको थियो । यश अघि २०७४ को स्थानीय तह निर्वाचनको मेयर र उपमेयरमा काङ्ग्रेसबाट उम्मेदवार रहेका शर्मा र राना पराजित भएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    2
    +1
    0
    +1
    1
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by