Above Article Ad
  • कञ्चनपुरको पुनर्वासमा खुकु्री प्रहारबाट एक जना घाईते

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वासमा एक जना माथी खुकुरी प्रहार भएको छ ।
    शनिबार दिउँसो साँढे २ बजेको समयमा एक आपसमा विवाद हुँदा बेलौरी नगरपालिका–२ का ३२ वर्षिय तिलक पाण्डेले एक जना माथी खुकुरी प्रहार गरेको हो ।

    पाण्डेको खुकुरी प्रहारबाट पुनर्वास नगरपालिका–१,बलभद्रबस्तीका ३० वर्षिय प्रेम तामाङ घाईते भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक महेश विक्रम शाहीले जानकारी दिए ।
    प्रहरी निरिक्षक शाहीले घाईते तामाङको टाउको र हातमा चोट लागेको र उनको पुनर्वास नगरपालिका–३ स्थित बि.एन.पोलिक्लिनिकमा उपचार भई अहिले घर फर्किएको बताए ।
    खुकुरी प्रहार गर्ने पाण्डेलाई भारततर्फ जाँदै गरेको अवस्थामा सीमानाका नजिकैबाट नियन्त्रण लिई घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाईएको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by