
चुनावी सुरक्षाको अवस्था बुझ्न गृहमन्त्री ओमप्रकाश अर्याल आज सुदूरपश्चिम आउँदै
Above Article Content Ad
धनगढी-गृहमन्त्री ओमप्रकाश अर्याल आज सुदूरपश्चिम आउँदै छन्।
सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील सूचीमा राखिएका जिल्लाको अवस्था बुझ्न गृहमन्त्री अर्याल सुदूरपश्चिम आइरहेका हुन्।
Article inline ad #1
गृहमन्त्री अर्यालले प्रदेशका बझाङ, बाजुरा र अछाम जिल्लामा पुगेर विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ।
Article inline ad #2
गृहमन्त्री अर्याल आज अछाम, बाजुरा र बझाङको केही मतदान स्थलको निरीक्षण गरे दिउँसो ३ बजे धनगढी पुग्ने कार्यक्रम छ।
धनगढीमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्राललयमा प्रदेशको सुरक्षा बारे छलफल हुने जानकारी दिइएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















