Above Article Ad
  • सुर्खेतको छिन्चुमा पल्टनबाट फर्किएका दर्शनले गरे श्रीमतीको हत्या

    Above Article Content Ad
  • काठमाडौं : सुर्खेतको छिन्चुमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । प्रेम सम्बन्धबाट विवाह बन्धनमा बाँधिएका उनीहरूबीच विश्वासको चुरो टुटेपछि हत्या जस्तो जघन्य अपराधसम्मको घटना भएको हो ।

    प्रहरीका अनुसार नेपाली सेनाको वीरदल गण, पाँचथरमा पिउठ पदमा कार्यरत २८ वर्षीय दर्शन खत्रीले २६ वर्षीया श्रीमती प्रेमा ओली खत्रीको शनिबार साँझ निर्मम हत्या गरेका हुन् । दर्शन र प्रेमाबीच सात वर्षअघि प्रेम विवाह भएको थियो । उनीहरू सुर्खेतको गुर्भाकोट नगरपालिका-५ थक्लेनीमा पाँच वर्षीया छोरीसहित बस्दै आएका थिए । पछिल्ला दिनमा उनीहरूबीच सम्बन्ध बिग्रँदै गएको, बारम्बार झगडा हुने गरेको र एकअर्कामाथि शंका गर्न थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    Article inline ad #1
  • दशैँमा समेत बिदामा घर नआएका दर्शनले शनिबार भने प्रेमालाई छिन्चु बोलाएर सरप्राइज दिन चाहेको बहानामा झुट बोलेर भेट गर्न लगेका थिए । प्रेमाले सामान लिन जाने क्रममा साँझ करिब साढे ६ बजे उनीहरू भेटिए । केही समय कुराकानी गरेपछि उनीहरू वीरेन्द्रनगरतर्फ लागे । बाटोमा झगडा चर्किएपछि उनीहरू रामजानकी सामुदायिक वनतर्फ हिँडे ।

    Article inline ad #2

    कसरी भयो हत्या ?
    झगडाकै क्रममा दर्शनले प्रेमाको मोबाइल खोसेर हेर्दा त्यहाँ अर्का पुरुषको फोटो देखे । त्यसपछि विवाद थप चर्कियो । प्रेमा पनि दर्शनको अन्य महिलासँगको सम्बन्धबारे प्रश्न उठाउन थालिन् । आधा घण्टासम्म दुवै जनाको झगडा भयो । विवाद उत्कर्षमा पुगेपछि दर्शनले नजिकैको ढुंगा उठाएर प्रेमाको टाउकोमा प्रहार गरे ।

    प्रेमा भुइँमा ढलेपछि दर्शनले केही समय कुरे र प्रेमा मरेको सुनिश्चित भएपछि उनको सलले घाँटी बाँधेर घिसार्दै नजिकैको खाडलमा फाले । आत्महत्या जस्तो देखाउन सल्लगायतका सामग्री प्रयोग गरी घटना ढाकछोप गर्ने प्रयास गरिएको थियो । साँझ साढे ६ बजेतिर छिन्चुमा श्रीमान र श्रीमतीबीच भेट भएको खत्रीले प्रारम्भिक बयानमा भनेका छन् । राति ८ बजे प्रेमाको हत्या गरी शव खोल्सामा फालिसकेपछि घटनास्थलबाट गुर्भाकोट घर गएका थिए ।

    आईतबार दिउँसो स्थानीयवासीले जंगल नजिकैको खाडलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट प्रेमाको मोबाइल, रगतका दाग र सलसमेत बरामद गरेको छ । घटनापछि दर्शन सुर्खेतकै एक होटलमा गएर झोला राखी गुर्भाकोटस्थित घर फर्किएका थिए। प्रहरीको खोजीपछि उनलाई घरबाटै पक्राउ गरी सोधपुछ गरिएको थियो । सोधपुछमा उनले घटना स्वीकार गरेका छन् ।

    प्रहरीले दर्शनलाई सुर्खेत जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by