Above Article Ad
  • पुनर्वासमा डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गरिदैँ

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वासमा डेंगु बढ्न थालेपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू भएको छ ।

    पुनर्वास नगरपालिकाले शनिबार वडा नम्बर ४ कोटिहोम क्षेत्र आसपासमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गरिएको पुनर्वास नगरपालिकाका जनस्वास्थ्य अधिकृत यज्ञ खड्काले जानकारी दिए ।

    Article inline ad #1
  • लामखुट्टेले अन्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न अन्य वडामा पनि सो अभियान चलाइएको उनले बताए।

    Article inline ad #2

    केहि दिन यता पुनर्वासमा डेंगुका बिरामीहरू बढ्न थालेका छन् । शनिवारको सो अभियानमा सशस्त्र प्रहरी, नेपाल प्रहरी स्थानीय ,जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको सहभागीता रहेको थियो । डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ। यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ। विशेष गरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ। सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन्।

    एडिज नामक लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ। उक्त लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ। विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ।

    डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ। पोथी जातको लामखुट्टेले अन्डा पार्ने वेलामा टोक्ने गर्छ। एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जान्छ। दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरू बताउँछन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by