Above Article Ad
  • जिवनज्योतिको ७ कक्षामा भर्ना भएकी २७ बर्षिय सुनारको माध्यमिक तह पुरा गर्ने सपना

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका-६ सुकुम्बासी बस्तिकी पार्वती सुनारले माध्यमिक तह पुरा गर्ने सपना देखाएकी छिन।

    शिक्षा आर्जन गर्नलाई उमेरले छेक्दैन भन्ने उखानलाई उदाहरणका रुपमा सावित गर्दै २७ वर्षीय सुनार पुनर्वास-६ कै जिवन ज्योति माध्यमिक बिद्यालयको कक्षा ७ मा भर्ना भएकी हुन ।

    Article inline ad #1
  • पार्वतीका दुई छोरा छन् । जेठो छोरा रेशम सुनार ११ बर्ष र कान्छो छोरा ७ बर्षका छन ।
    दुई छोराहरू हुर्काउदै गर्दा बिद्यालय छोडेको १२ बर्षपछि पार्वतीले आफ्नो अधुरो रहेको अध्ययनलाई निरन्तरताका साथ पुरा गर्ने लक्ष्य लिएकी छिन ।

    Article inline ad #2

    सोहि बिद्यालयमा उनका जेठा छोरा पनि कक्षा ६ मा अध्ययनरत छन ।

    आकासे सर्ट र निलो स्कर्ट पहिरियर छोरा संगै नियमित बिद्यालय जाने गरेकी पार्वती करिब १२ बर्ष अघि कक्षा ८ मा पढ्दा पढ्दै १५ बर्षको उमेरमा गाउले युवक यम बहादुर सुनारसंग माया प्रेम बसी बिवाह बन्धनमा बाँधिएपछि पढाइ छाडेकी थिईन ।

    सुकुम्बासी बस्तिमा बसोबास गर्ने पार्वती दम्पती आर्थिक अभावका कारण जिविकोपार्जनका लागि भारत तिर धाउने गरेको र भारतमा काम गर्दैगर्दा शिक्षाको अभाव महशुस हुँदा पुनः शिक्षालाई पूरा गर्ने अठोट लिएको उनले बताईन ।

    रोजगारीका सिलसिलामा भारतमा रहँदा अरूले अङ्ग्रेजीमा कुराकानी गरेको देख्दा अनि आफुलाई होच्याएको सुन्दा पढ्नुपर्छ भन्ने कुरा मनमा खट्किएको उनले सुनाईन ।

    “आफुले फेरि पढ्ने ईच्छा जागेको कुरा श्रीमान यम बहादुर सुनारलाई सुनाउदा श्रीमान एकपटक हासे तर पछि भर्ना गर्न सहमति पाएको”, उनले भनिन, “घरका अन्य सदस्य सासू , जेठाजु र देवर सबैको सहयोग छ ।”

    पार्वतीको सरकारको जनता आवास कार्यक्रम अन्तर्गत दुई कोठे टिनले छाएको घर र घरवरिपरि सडक मार्गले नछोएको करिब ७/८ कठ्ठा एैलानी जग्गामा बसोवास छ ।
    आर्थिक अवस्था दयनिय रहेको सुनार परिवारलाई वर्षभरी खान पनि समस्या हुने भएपछि भरणपोषणका लागि श्रीमान जेठाजु र देवर भारततिरै रोजगारी गर्न धाउनुपर्ने बाध्यता छ ।

    पार्वती पढाइमा केही कमजोर देखिएपनि पढ्ने ईच्छा, साहस र जिज्ञासु उनीमा धेरै रहेकोे शिक्षक युवराज सुयलले बताए ।

    उनीप्रति खुसी हुँदै बिद्यालयका शिक्षक शिक्षिकाले सम्मान तथा हौसला दिने गरेका छन ।

    पार्वती र उनी जस्तै अरु कसैले अध्ययन गर्ने ईच्छा देखाए कक्षा १२ सम्म कुनै अतिरिक्त शुल्क नलिने बिद्यालयका प्रधानाध्यापक भरतकुमार बस्नेतले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button