
पुनर्वासको डोकेबजारबाट दुई नाल भरुवा बन्दुक बरामद
Above Article Content Ad
पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ स्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुर मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म बेलौरी अन्तर्गत रहेको बि.ओ.पी. डोकेबजारबाट खटिएको सीमा पैदल गस्ती टोलीले गएराति करिब ९ बजेको समयमा दुई नाल भरुवा बन्दुक बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीले सीमा क्षेत्रमा ती व्यक्तिहरूको हर्कत देखेपछि पिछा गर्ने क्रममा दुई नाल भरुवा बन्दुक फालेर भारतको दुधुवा नेशनल पार्कको जङ्गलतर्फ भागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र चन्दले जानकारी दिनुभयो ।
Article inline ad #1
नियन्त्रणमा लिइएको हतियार आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने समन्वय भइरहेको समेत उहाँले बताउनु भयो ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad