Above Article Ad
  •  बैतडीमा अटो दुर्घटनामा घाइते युवकको मृत्यु, १२ घण्टादेखि शव उठेन

    Above Article Content Ad
  • धनगढी : बैतडीमा अटो दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा धनगढीमा मृत्यु भएको छ ।

    जयपृथ्वी राजमार्ग अन्तरगत ढोल्यामोडमा ३० चैतमा सुपप्र०१००१ह ६५७९ नम्बरको अटो दुर्घटनामा घाइते भएका सिगास गाउँपालिका–९ बाजपानीका २५ वर्षीय अन्तराम विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले विष्टको माया मेट्रो अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्युु भएको जानकारी दिए । अस्पतालको सघन उपचार कक्ष आईसीयूमा विष्टको शुक्रबार मृत्यु भएपनि १२ घण्टासम्म शव उठ्न सकेको छैन ।

    Article inline ad #1
  • डीएसपी बोहराकाअनुसार मृतक र दुर्घटनामा परेको अटो धनी पक्षबीच छलफल चलिरहेकाले अहिलेसम्म शव नबुझेको बताएका छन् । अटो दुर्घटनामा अन्य दुई जना पनि घाइते भएका थिए ।जिल्ला प्रहरी कार्यालय बैतडीकाअनुसार दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय गम्भीर बोहरा र ५० वर्षीय हर्कबहादुर बोहरा पनि घाइते भएका थिए । उनीहरुको डडेल्धुरामा उपचार भइरहेको छ ।

    Article inline ad #2

    मृतक विष्टका आफन्तले दुर्घटनाका बेला अटो चलाउने व्यक्तिलाई छाडेर प्रहरीले अर्को व्यक्तिलाई नियन्त्रणमा लिएको आरोप लगाएका छन् । उनीहरुले पुर्चौडीका करे धानुुकले अटो रिक्सा चलाएका बेला दुर्घटना भएको तर उनीसँग सवारी चालक अनुमती पत्र लाइसेन्स नभएकाले उन्मुुक्ति दिदै धानुककै दाजु दिपक धानुकलाई नियन्त्रणमा लिएको बताएका छन् ।

    धानुकलाई शुक्रबार मात्र इलाका प्रहरी कार्यालय पाटनले नियन्त्रण लिएको छ । मृतकका आफन्तले भने दुर्घटनाका बेला अटो चलाइरहेका करे धानुकलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । उनलाई पक्राउ नगरेमा शव नउठाउने चेतावनी दिइएको छ ।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मकेन्द्र कुमार मिश्रले अटो दिपक धानुकले चलाएको भन्ने आधारमा पक्राउ गरिएको बताए तर पीडित पक्षले भनेजस्तै दुर्घटनाका बेला अर्को व्यक्तिले अटो चलाएको भए किटानी जाहेरी ल्याएमा पक्राउ गरेर अनुसन्धान अघि बढाइने जानकारी दिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by