Above Article Ad
  • बुटवलमा युवतीमाथि गोली प्रहार

    Above Article Content Ad
  • बुटवल– बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ ।

    रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्धनगर बस्ने विष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । विष्टमाथि कसले के कारणले गोली प्रहार गरेको हो भन्ने अझै नखुलेको डीएसपी रानाले बताए ।

    Article inline ad #1
  • स्थानीयका अनुसार विष्टको केही दिनअघि एकजना भारतीयसँग विवाद भएकाले घटनामा उनको संलग्नताको आशंका गरिएको छ ।घटनास्थलमा पुगेर गोली प्रहारमा संलग्नको खोजी र अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।२९ वर्षीय युवती अविवाहित सँग नाम ठेगाना खुली नसकेको भारतीय नागरिक अनुमान गरिएका युवकले एकतर्फी प्रेम गरेका र युवतीले अस्वीकार गरेपछि गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्रबहादुर रानाले बताए ।

    गोली लागेकी युवती बोल्न सक्ने अवस्थामा रहेकी र स्वास्थ्य स्थिति खतरामुक्त रहेको अस्पातलमा अप्रेसनका लागि पुराइएको उनले जानकारी  दिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by