Above Article Ad
  • आई.बी.आर.डी.बजारका चल्ने दुई सोलार कामै नलाग्ने गरि पैसट्ठी बिघामा बेवारिसे

    Above Article Content Ad
  • पुनर्वास-कंचनपुरको पुनर्वास नगरपालिका-३, आई.बी.आर.डी. बजारको अटो चोक नजिकै सडकमा रहेका दुई सोलार बत्ती बेवारिसे अवस्थामा देखिएका छन् ।

    करिब तीन हप्ता बढी समय हुँदा सम्म पनि बजार नजिकै पैसट्ठी बिघा क्षेत्रमा बेवारिसे अवस्थामा सोलार बत्ती फालिएका छन् ।

    Article inline ad #1
  • सोलार बत्ती बेवारिसे अवस्थामा फालिएको विषयमा पुनर्वास नगरपालिका-३ का प्राविधिक लालमन तामाङसंग बुझ्दा टेक्निसियनलाई जडानका लागि बारम्बार बोलाउदा पनि नआएका कारण अलपत्र जस्तो भएको जानकारी दिए ।

    Article inline ad #2

    “अब एक दुई दिनमै जडान हुन्छ । अन्य टेक्निसियनले जडान गर्न नसक्ने र सोलार सम्बन्धि टेक्स्निसियनले मात्रै जडान गर्न सक्ने भएका कारण समस्या हुन पुगेको हो ।” उनले भने, “बेवारिसे फालेका हैनौ । तत्कालै नजिकै जडान गर्नुपर्ने भएकाले पैसट्ठी बिघामा राखेका हौं ।”

    तर कालिका बजार समितिका सदस्य राजेन्द्र पौडेलले सडक निर्माण अवधीमा निकालिएपछी सोलार बत्ती अलि सुरक्षित साथ व्यवस्थित तरिकाले राखिनुपर्ने बताए ।
    हेर्दा बेवारिसे अवस्थामा जस्तो सोलार बत्ती सहितको पोल फ्याकिएको छ । सरकारी काम भएका कारण पनि मतलब नभएको हुन सक्ने उनको भनाई छ ।

    पुनर्वास नगरपालिकाको यो सोलार बत्ति त एक उदाहरण मात्रै हो । हरेक योजनामा यस्ता अनेकौं समस्या छन् तर समाधान तर्फ भने जनप्रतिनिधि र कर्मचारी मुकदर्शक देखिन्छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by