Above Article Ad
  • लालझाडी दम्पती घटनामा संलग्न रहेको आंशकामा तीन जनालाई पक्राउ

    Above Article Content Ad
  • लालझाडी। कञ्चनपुरमा मृत अवस्थामा भेटिएका दम्पती घटनामा संलग्न रहेको आंशकामा तीन जनालाई पक्राउ गरिएको छ।

    कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका–१ बिनबारीका स्थानीय बडायकदम्पती रमेश (रामेश्वर) बडायक र कमला बडायकको धारिलो हतियार प्रहरी गरी हत्या गरिएको विषयमा अनुसन्धान जारी नै रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका डीएसपी हेमबहादुर शाहीले बताएका छन्।

    Article inline ad #1
  • उनका अनुसार सो घटनामा संलग्न रहेको आंशकामा तीन जनालाई नियन्त्रणमा लिने काम भएको छ।

    Article inline ad #2

    दम्पतीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको उनले बताए। घटनाको विस्तृत अनुसन्धान गर्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि नाम भने खुलाइएको छैन्।

    घटनाको सुक्ष्म अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीबाट दम्पती घटनाको सुक्ष्म अध्ययन गर्न कुकुरसहित प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको हो।

    घटनाको विषमा अध्ययन गर्न धनगढीबाट तालिमप्राप्त कुकुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गरिरहेको छ। शुक्रबार बिहान रामेश्वर बडायक घरको आँगन र कमला घरभित्रै ओछ्यानमै मृत फेला परेका थिए। विहिबार राति उनीहरूको हत्या भएको हो।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बिनबारीका ४६ वर्षीया रमेश बडायक र ४३ वर्षीया उनकी श्रीमती कमला बडायकको प्रारम्भिक घटनाको विवरण हेर्दा हत्या नै गरिएको खुल्न आएको छ। बडायकदम्पतीका एक छोरा भारत र अर्का छोरा स्वदेशमै छन्। बडायकदम्पतीको हत्यासँगै गाउँमा त्रास बढेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by