
बाँकेको कोहलपुरमा पेट्रोल पम्प सञ्चालनमा
Above Article Content Ad
बाँकेः नेपाल प्रहरीले बाँकेको कोहलपुरमा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ।
प्रहरी कल्याण कोषबाट पेट्रोल पम्प निर्माण गरिएको हो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको सोमबार उद्घाटन गरेका छन्।
Article inline ad #1
नेपाल प्रहरी शान्ति सुरक्षाको सन्दर्भमा आमजनता केन्द्रित सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताउँदै उनले आमनागरिकमा निष्पक्ष सेवा प्रवाह र प्रदेशको समग्र शान्ति सुव्यवस्था कायम राख्न समुदायसँग सहकार्य गरी योजनाबद्ध ढंगबाट प्रभावकारी प्रहरी परिचालन गर्न प्रहरी अधिकारीलाई निर्देशन दिए। नेपाल प्रहरी कल्याण कोषको ६ करोड २७ लाख ६४ हजार ७ सय रुपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























