
पुनर्वासका युवा यादव सिँहद्वारा भागेश्वर चिनिमिलको ज्यादती विरुद्ध संघिय मन्त्रीको ध्यानाकर्षण
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–२, दशरथबस्तीमा अवस्थित भागेश्वर सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रा.लि.को ज्यादतीका विषयमा एक युवाले मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार संघिय कृषि तथा पशुपंक्षी मन्त्रालयका मन्त्री रामनाथ अधिकारीलाई पुनर्वासका एक जुझारु युवा यादव सिँहले भागेश्वर सुगर मिलले स्थानीयहरु माथी ज्यादती गर्दै आईरहेको भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।
मिलले स्थापना देखि नै गाईबस्तुको प्यास मेटाउनका लागि मानिएको स्थानीय सिमरी नालामा मिल भित्रको फोहोर बगाउँदै आईरहेको छ । यस विषयमा मिल र स्थानीय सरकार समक्ष नालामा फोहोर नमिसाउन स्थानीयहरुले आग्रह गरेपनि यसको सुनुवाई हुन नसकेको स्थानीय युवा यादव सिँहको भनाई छ ।
नालाको आसपासका बस्तीहरुमा दुर्गन्धले विभिन्न सरुवा रोग र लामखुट्टेको प्रकोप बढ्दो अवस्थामा रहेपनि यसतर्फ स्थानीय सरकारले समेत चासो नदेखाएको उनको गुनासो छ ।
यस्तो छ संघिय कृषि तथा पशुपंक्षी मन्त्रालयका मन्त्री रामनाथ अधिकारीलाई बुझाएको ज्ञापनपत्र