बेलौरीको गुगल रेष्टुरेण्टमा यौनधन्दा, सञ्चालक सहित तीन जना पक्राउ
Above Article Content Ad
पुनर्वास– कञ्चनपुरको बेलौरीमा यौनधन्दा भईरहेको अवस्थामा सञ्चालक सहित तीन जना पक्राउ परेका छन् ।
मंगलबार बेलौरी नगरपालिका–६, हात्तीबोझामा रहेको गुगल रेष्टुरेण्टमा यौनजन्य क्रियाकलापमा संलग्न रहेको भन्दै रेष्टुरेण्ट सञ्चालक सहित तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रेष्टुरेण्ट सञ्चालक बेलौरीकै ३० वर्षिय महिला, यौनकर्ममा रहेकी धरान घर भएकीे २४ वर्षिय युवती र भारतको पुरनपुरका ४० वर्षिय रफिक अन्सारी रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक गौरी प्रसाद जैशीले जानकारी दिए ।
Article inline ad #1
प्रहरी निरिक्षक जैशीले अवैध रुपमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा सञ्चालक सहित तीन जना पक्राउ गरेको र उनीहरुलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरी आज(बुधबार) म्याद थप गरिएको बताए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
8
+1
1
+1
1
+1
1
Below Article Content Ad