Above Article Ad
  • सोबिताले प्रधानमन्त्रीलाई भनिन्- यो तपाईंको नेतृत्व हैन, असक्षमता हो

    Above Article Content Ad
  • काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वप्रति प्रश्न उठाएकी छिन् ।

    देशभरका शिक्षकहरूको आन्दोलन र विभागीय मन्त्रालय खाली रहेको अवस्थामा प्रधानमन्त्रीले बालुवाटारबाट ‘एक्लै शो’ चलाएको बताउँदै उनले प्रधानमन्त्रीको सक्षमतामाथि प्रश्न उठाएकी हुन् ‘देशभरि आन्दोलन छ, मन्त्रालय खाली छ,’ सांसद गौतमले भनेकी छिन्, ‘र, तपार्यं एक्लै शो चलाउँदै हुनुहुन्छ । नेतृत्व हैन यो, असक्षमता हो ।’

    Article inline ad #1
  • साथै, उनले शिक्षकको आन्दालन चुलिएको अवस्थामा प्रधानमन्त्रीले एकोहोरो आदेश बर्सारहेको भन्दै आक्रोश पोखेकी छिन् ।‘अन्ततः प्रधानमन्त्रीको ठाडो आदेशमा कक्षा १२ को परीक्षा सारिएको छ । शिक्षक आन्दोलन चुलिएको छ,’ सांसद गौतमले भनेकी छिन्, ‘मन्त्रीले राजीनामा दिनुपर्‍यो अनि प्रधानमन्त्री चाहिँ बालुवाटारबाट ठाडो आदेश बर्साइरहनुभएको छ । विद्यार्थीको भविष्य बलिको बोका, शिक्षकको आवाज मुठ्ठीमा, अनि दुई ठूला दलको “कुशलता” हेरेर जनताले ताली पिट्नुपर्ने होला, हैन ?’

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by