नेविसंघ पूर्वाञ्चलद्वारा विश्वविद्यालय भित्रका बेथिति रोक्न अल्टिमेटमसंगै आन्दोलनको चेतावनी
काठमाडौँ – नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालय भित्रका समस्या समाधान र बेथिती अन्त्य गर्न ४८ घण्टे अल्टिमेटम दिँदै आन्दोलनको चेतावनी दिएको छ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले तोकिएको समयावधिमा समस्या समाधान नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो।
नेविसंघले विद्यार्थीको आन्दोलनले पुर्याएको क्षतिको जवाफदेही विश्वविद्यालय हुनुपर्ने जनाएको छ।
इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्स लगायत अरु संकायहरुको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था गर्नु पर्ने, परिक्षा नियमावली २०७० संशोधन तथा परिमार्जन गरि तत्काल कार्यन्यावन गरिनु पर्ने, चक्रवति हवि कलेजमा गरिएको चर्को मुल्यवृद्धि तत्काल फिर्ता गरि आवश्यक छानबिन गरिनुपर्ने, नेविसंघले चर्को शुल्क मिनाहा गरिनु पर्ने, परिक्षा नतिजा ३ महिना भित्र प्रकाशन गरिसक्नु पर्ने, परिक्षा फाराम अनलाइन प्रणालीबाट भर्नेव्यवस्था मिलाइनु पर्ने, पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौँमा राख्नुपर्ने लगायतका १५ वटा माग नेविसंघले अघि सारेको छ ।
कार्यक्रममा बोल्दै अधिकांशले नेविसंघले आन्दोलन व्यक्तिगत फाइदाको लागि नभई युनिर्भसिटीमा अध्ययनरत सबै विद्यार्थीको हितको लागि गरिरहेको बताए। ‘यो आन्दोलन दुर्गम स्थानबाट ऋण खोजेर छोराछोरीलाई पढ्न पठाएका आमा-बावु र भविष्य बनाउन आएका विद्यार्थीहरुको हितमा छ।’उनीहरूले भने, युनिभर्सिटीले हजारौ गरिबका छोराछोरीको भविष्य चकनाचुर पारिरहेको छ। उक्त युनिभर्सिटी अन्तर्गत काठमाडौं उपत्यकामा हजारौ कलेज रहेको उल्लेख गर्दै लाखौ विद्यार्थीहरु ट्रान्सक्रिप्ट लिनकै लागि काठमाडौंबाट विराटनगर पुग्न पर्ने ठुलो समस्या रहेको र धेरै पटक आन्दोलन गर्दा समेत प्रशासनले आजसम्म आफ्ना मागबारे ध्यान नदिएको गुनासो पोखे।
यसैगरी, कार्यक्रममा लिटल बुद्ध कलेज अफ हेल्थ साइन्सका इकाई अध्यक्ष यज्ञ खड्काले हिजोको दिनदेखि बिद्यार्थी आन्दोलन दुर्गम तथा गरिब बिपन्न परिवारका बालबालिकालाई शिक्षाको पहुच र गुणस्तरीय शिक्षामा जोड दिन गरिरहेको बताए ।
विगत एक दशक अघि देखि एउटा पत्रीकामा लोकसेवा खुल्दा पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतका विद्यार्थीले आबेदन गर्न नपाउने जस्ता भेदभाव हुँदै आएको र अहिले विद्यार्थी आन्दोलन पश्चात् यस्त्तो भेदभाव नरहेको उनको भनाई छ ।
उनले भने, यो सरासर विश्वविद्यालयको ठुलो लापरबाही हो । ‘ नतिजा प्रकाशन तीन महिनामै गर्न सकिने भएपनि निकै ढिलो गर्दा विद्यार्थीको भविष्यमाथि खेलवाड जस्ता लज्जास्पद अवस्था छ ।
’ पुर्वाञ्चल बिस्वबिधालय ले विद्यार्थीहरुप्रति गरेको अनादार र एकाएक हेल्थ साइन्स बि पि ए च तर्फ को पाठ्यक्रम परिबर्तन विरुद्ध समेत ध्यानाकर्षण भएको उनले स्पष्ट पारे ।