
नेपाली कांग्रेस पुनर्बास-११ का वडा सभापति प्रदिप सिंह द्वारा फागु पूर्णिमाको शुभकामना
पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ११ का नेपाली कांग्रेसका वडा कार्य समितीका वडा सभापति तथा निर्वाचित वडा सदस्य प्रदिप सिंहले सम्पूर्ण वडावासी, देश-विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा रंगहरूको महान् चाड फागु पूर्णिमाको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले फागु पूर्णिमा आपसी प्रेम, सद्भाव र एकताको प्रतीक भएको उल्लेख गर्दै यस चाडलाई मर्यादित, सभ्य र अनुशासित रूपमा मनाउन सबैमा आग्रह गर्नुभएको छ। विविधतामा एकता बोकेको हाम्रो समाजमा यस पर्वले मेलमिलाप, भाइचारा र सौहार्दता बढाउने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।
नेपालको मौलिक सांस्कृतिक परम्परालाई प्रवर्द्धन गर्दै फागु पूर्णिमाले हर्षोल्लास, शान्ति र समृद्धि ल्याओस् भन्ने शुभेच्छासहित उहाँले सम्पूर्ण नगरवासीमा सुस्वास्थ्य, दीर्घायु तथा सुख-समृद्धिको मंगल कामना गर्नुभएको छ।















