Above Article Ad
  • कञ्चनपुरमा ‘घरमै राहदानी’ पुर्‍याउने सेवा सुरु

    Above Article Content Ad
  • कञ्चनपुर –जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले ‘घरमै राहदानी’ पुर्‍याउने सेवा सुरु गरेको छ ।
    सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज जारी गरेको सार्वजनिक सूचनाअनुसार हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरेको छ ।

    सो सेवा सुरु भएपछि सेवाग्राहीले राहदानी लिन कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय कञ्चनपुरबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएको छ । सेवाग्राहीको मागअनुसार राहदानी सिधै घरमै पुर्‍याइने व्यवस्था गरिएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6