Above Article Ad
  • पुनर्वास नगरपालिकाको १४ औं नगर अधिवेशन सम्पन्न, विभिन्न ऐन सहित नगर प्रहरी विधेयक पारित

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका कार्यालयले १४ औँ नगर अधिवेशन सम्पन्न गरेको छ ।
    शनिबार नगरपालिकाको सभाहलमा नगर प्रमुख तोय प्रसाद शर्माको सभाध्यक्षमा नगर उपप्रमुख भुलिया कुमारी रानाले प्रस्तुत गरिएकोे चालु आर्थिक वर्ष २०८०।०८१ को अर्धवार्षिक प्रगति प्रतिवेदन र न्यायिक समितिको प्रतिवेदन माथि छलफल गरी सभामा पेश गरेको हो ।

    नगर सभामा नगर प्रमुखको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष ०७९÷०८० को आन्तरिक राजस्व संघिय सरकारबाट प्राप्त सम्पूर्ण अनुदान तथा प्रदेश सरकारबाट प्राप्त सम्पूर्ण अनुदान गरि जम्मा ८२ करोड ६५ लाख ९९ हजार ५ सय ७० रूपैया रहेको थियो । भने गत आर्थिक बर्ष २०७९÷०८० को कुल चालु खर्च ४५ करोड ५८ लाख ३० हजार ४ सय २६ र पुँजीगत खर्च २२ करोड ९९ लाख ७६ हजार ६ सय २३ रहेको थियो । त्यस्तै, आर्थिक बर्ष २०८०÷०८१ को अनुमानित प्रक्षेपण ७७ करोड ८१ लाख ६४ हजार बराबरको आयव्यय १३ औं नगरसभाबाट पास गरिएकोमा आर्थिक बर्ष २०८०÷०८१ मा चालु तर्फ ४६ करोड ६८ लाख ९८ हजार ४ सय र पुँजीगत तर्फ ३१ करोड १२ लाख ६५ हजार ६ सय रकम अघिल्लो नगरसभाबाट पास गरिएको थियो ।

    Article inline ad #1
  • Open photo

    Article inline ad #2

    त्यसैगरी, चालू आर्थिक बर्ष २०८०÷०८१ को पौष मसान्तसम्ममा गत आर्थिक बर्षको विभिन्न शिर्षकको मौज्दात रकम बाहेक ३० करोड ३५ लाख ३ हजार ९ सय मात्र प्राप्त भएको हो भने आगामी आर्थिक बर्ष २०८१÷०८२ को अनुमानित प्रक्षेपण संघिय सरकारमा पेश गर्नुपर्ने हुँदा ८५ करोड ३० लाख प्रक्षेपण गरिएको जसमा चालू आर्थिक तर्फ ४६ करोड ९१ लाख ५० हजार र पुँजीगत तर्फ ३८ करोड ३८ लाख ५० हजार रकम नगरसभामा प्रस्तुत बजेट पास गरिएको थियो ।
    सिमित श्रोत साधनका बाबजुद केही ठुला आयोजना कोल्ड स्टोर निर्माण , सिमरी–दशरथबस्ती–ढक्का सडक कालोपत्रे कार्य छिटै निर्माण गरिने नगर प्रमुख शर्माले आफ्नो प्रतिवेदनमा जानकारी दिएका थिए ।

    उक्त बिषयसंगै नगरपालिका अन्तर्गतको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण , रंगशाला निर्माण र संघिय शहरी पुर्वाधार कार्यक्रम जस्ता ठुला परियोजनाका लागि प्रदेश तथा संघिय सरकारसंग निरन्तर समन्वय गरिदै आएको नगर प्रमुख शर्माको प्रतिवेदनमा उल्लेख थियो । शर्माले नगर सुशासनलाई ध्यानमा राख्दै छिटै प्रहरी सहायक निरिक्षक सहित ६ जनाको दरबन्दी खोल्दै नगर प्रहरी खुलाईने जानकारी दिए ।

    ऐतिहासिक महत्व बोकेको पुनर्वास नगरपालिकाले योजनाबद्ध बसोबास र पुर्वाधारको उपलब्धता हुँदाहुँदै पनि संघिय सरकारको दृष्टिमा नपरेको कारणले सोंचेअनुसार विकासको गतिमा अगाडि बढ्न नसकेको नगर प्रमुख शर्माको भनाई थियो ।
    उनले नगरपालिकामा अव्यवस्थित बसोबास गर्दै आएका सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने प्रमुख चिन्ताको बिषय रहेको कुरा उल्लेख गर्दै हालसम्म वडा नम्बर ४ देखि ११ वडा सम्म जग्गा नापजाँच सम्पन्न गर्दै गर्दा विभिन्न चुनौतीको सामना व्यहोर्नु परेको बताए । पुनर्वासमा रहेको राष्ट्रिय आवास कम्पनीले बारम्बार प्रतिवाद गर्दै आएपनि नगरपालिकाले त्यसको सामना गर्दै जग्गा नापजाँच प्रक्रियालाई निरन्तरता दिंदै आएको र वडा नम्बर १,२,३ मा पनि छिटै नापजाँच सम्पन्न गरिने सभामा सुनाए ।
    नेपाल सरकारको भुमि आयोगसंग समन्वय गरि अव्यवस्थित सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराई छाडने प्रतिबद्धता व्यक्त गरे ।

    यसका अतिरिक्त नगरपालिका मा विविध क्षेत्रमा भए गरेका विकास निर्माण तथा समसामयिक विषयहरूमाथि गहन छलफल र समीक्षा गर्दै आगामी दिनका कार्ययोजना अनुरुप अगाडि बढ्ने लगायतका विषयमा निर्णय गरिएको पुनर्वास नगरपालिका प्रवक्ता तुलसी अर्यालले बताए ।
    अधिवेशनमा सभाका सदस्यहरूका प्रश्न, जिज्ञासा, धारणा तथा सुझावमा जवाफ नगरपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत गणेश सिँह ऐरीले अधिवेशनको सहजीकरण गरिरहेका थिए ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by